site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रियसभा अध्यक्ष र कोरियाका राजदूतबीच भेटवार्ता
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम् परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत कुराकानी भएको छ ।

Agni Group

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकता साझेदार राष्ट्रको सूचीमा नेपालसमेत परेको भन्दै कृतज्ञता व्यक्त गरे । 

नेपालको सामाजिक आर्थिक विकासको क्षेत्रमा दक्षिण कोरियाले निरन्तर सहयोग गरेको र आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । नेपालको ईपीएस प्रणालीमा सहभागिताले नेपाली युवाहरुको बलियो अर्थोपार्जनको सुनिश्चितता गर्दै दुवै देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको महसुस भएको पनि अध्यक्ष तिमिल्सिनाले बताए । 

Global Ime bank

भेटवार्तामा राजदूत योङसिकले भने नेपालले लामो समय कोरियाका लागि राजदूत नियुक्त नगर्दा कतै नेपालको प्राथमिकतामा कोरिया नपरेको हो कि भन्दै चासो व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सधैं नेपालको प्राथमिकतामा रहेको बताए । 

राजदूत नियुक्तिमा भएको ढिलाइप्रति सरकार सचेत रहेको भन्दै छिटै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरे ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC