site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 कोभिड-१९ जनस्वास्थ्यका लागि टर्निङ पोइन्ट बन्‍न सक्छ
Sarbottam CementSarbottam Cement

 सन् २०१९ को डिसेम्बरबाट सुरु भएको नोभेल कोरोना भाइरस महामारीले विश्‍वलाई नै स्थिर बनाएको छ भने दैनिकीलाई ठप्प पारेको छ । हामी सबैका लागि सबैभन्दा महत्वपूर्ण कुराको पूनर्मूल्यांकन गर्न बाध्य पारेको छ । यसको अर्थ आज र भविष्यमा आफ्नो, आफ्ना प्रियजनहरु र छिमेकीहरुको स्वास्थ्य कसरी जोगाउने भन्‍ने हो ।

विश्‍वका सरकारहरु आक्रामक रुपमा कोरोना महामारीबाट बाहिर निस्किने प्रयासमा लागिरहेका छन् । उदाहरणका लागि थाइल्याण्डमा जनस्वास्थ्य प्रणालीमा दशकौंदेखि गरिएको लगानीले जनवरीमा सुरु भएको कोभिड-१९ विरुद्ध संघर्ष गर्न सहज भएको छ । कोरोनाको आक्रमण परेको पहिलो पश्‍चिमी मुलुक इटालीले राष्ट्रिय सहकार्य र विज्ञानप्रतिको प्रतिबद्धताको माध्यमबाट जस्तोसुकै चुनौती आए पनि समाना गर्न सकिन्छ भन्‍ने उदाहरण पेस गरेको छ । 

महामारीले विश्‍वभरका अधिकांश मानिसहरुले स्वास्थ्य क्षेत्रमा सामना गर्नु परेका असमानतालाई उजागर गरेको छ । कोभिड-१९ महामारीले मधुमेहका बिरामीका लागि इन्सुलिन, पोषणको लागि स्वस्थ खाना, क्यान्सरका बिरामीको जाँच र उपचारलगायतका सेवाहरु प्रभावित भएका छन् ।  कोरोना महामारीले विश्‍व व्यवस्थालाई नयाँ चुनौतीहरु थप गरिएको छ । शान्ति र विकासको प्रबर्द्धनका लागि बहुपक्षीयता, सम्मान र सहयोगका सिद्धान्तहरुको निर्माणमा विगत ७५ वर्ष खर्च गरिए पनि विश्व व्यवस्थालाई नयाँ चुनौती थप गरिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मौसम संकटका कारण हाम्रो सामूहिक भविष्यलाई खतरामा पारेको समयमा सुरु भएको कोभिड-१९ ले मानव, पशु र पृथ्वीको स्वास्थ्यलाई थप संकटमा पारेको छ । यस्तो अवस्थामा पृथ्वीको स्वास्थ्यलाई बचाउन 'एक स्वास्थ्य' दृष्टिकोणको आवश्यकतालाई औंल्याएको छ ।

एचआईभी, इबोला र अब कोभिड १९ जस्ता उदाहरणहरूले हामी मानव जातिले वातावरणको संरक्षणका लागि बोलेर मात्र केही हुँदैन भन्‍ने देखाएको छ । प्रकृतिप्रति लापरबाही गर्दा र मानवद्वारा सिर्जित भाइरसहरुको रोकथामका लागि हामी अझै सक्रिय र सचेत हुन आवश्यक रहेको कुराप्रति पनि सचेत गराएको छ । 

Global Ime bank

यस्ता सबै कुराहरुका बाबजुद अब हामी स्वास्थ्यलाई कसरी अझ राम्रो बनाउन सक्छौं भन्‍ने कुरामा परिवर्तन गर्नबाहेक अन्य विकल्प छैन । हामीले ‘युनिभर्सल हेल्थ कभरेज’ (यूएचसी) मा लगानी गरेर विश्‍वस्वास्थ्य सेवाहरु सुनिश्चित गर्नुपर्छ । राष्ट्रिय र वैश्‍विक स्वास्थ्य आपतकालीन तयारी प्रणालीलाई सुदृढीकरण गर्ने र स्वास्थ्यलाई राजनीतिक, सुरक्षा, आर्थिक र सामाजिक छनोटहरुको श्रृंखलाको रुपमा काम गर्नु आवश्यक छ ।

हामीले पृथ्वीका हरेकलाई आवश्यक सबै सेवामा पहुँच स्थापित गराउनुका साथै उनीहरुलाई शारीरिक र मानसिक सुस्वास्थ्यको सुनिश्‍चितता गर्न आवश्यक छ । यही कारणले प्राथमिक स्वास्थ्य सेवा सुनिश्‍चित गर्न यूएचसी महत्वपूर्ण छ ।  स्वास्थ्य क्षेत्रमा लगानी गरेका न्युजील्याण्ड र रुवाण्डाजस्ता देशहरुले जोखिमपूर्ण अवस्थामा रहेका  वर्गलाई सेवा उपलब्ध गराउन र स्वास्थ्य आपतकालको सामना गर्न पनि सक्षम छन् । 

आधारभूत स्वास्थ्य सेवाको तयारी पनि निर्णायक हुन्छ । विश्‍व कोभिड-१९ महामारीको लागि वास्तवमै तयार थिएन । औद्योगिक मुलुकहरु आफ्नो मजबुत स्वास्थ्य प्रणालीका कारण स्वास्थ्य संकटको सामना गर्न विश्‍वस्त छन् ।  थाइल्याण्डजस्ता मुलुकहरुमा मानव र स्थानीय सम्पर्क कम भएको छ र स्वास्थ्यकर्मीहरु घर-घरमा पुगेर आवश्यक प्राथमिक हेरचाह र सेवाहरु प्रदान गरिरहेका छन् । उनीहरुले समुदायस्तरमा गएर संक्रमणको संकेत खोजिरहेका छन् । 

दुवै यूएचसी र पूर्वतयारीका लागि स्वास्थ्य प्रणालीमा लगानी बढाउन आवश्यक छ । यसमा राजनीतिक र आर्थिक छनोटहरु छन् ।  जब उच्चस्तरका राजनीतिक नेताहरूले उनीहरूको स्वास्थ्य क्षेत्रमा लगानीलाई प्राथमिकता दिन्छन्, तब उनीहरूले आफ्नो समाजलाई विनाशकारी असरहरुबाट जोगाउन सक्छन् । स्वास्थ्य चुनौतीहरुले रोजगार, महत्त्वपूर्ण सेवाहरू र स्थानीय आर्थिक जीवनमा ठूलो असर पुर्‍याउने भएकोले स्वास्थ्य क्षेत्रको लगानी बढाउन निकै महत्वपूर्ण छ ।  

समयमा स्वास्थ्यमा लगानी नगर्दा अहिले कोभिड-१९ का कारण सानो-सानो अंश गर्दै ठूलो क्षति बेहोर्नु परेको छ । जसले ऐतिहासिक वैश्विक प्रयासको महत्त्वलाई जोड दिएको छ । यससँगै ‘एक्सेस टु कोभिड-१९ टुल्स एक्सलेटर’ (कोभिड-१९ का उपकरणमा पहुँच) को पहल मार्फत कोरोना महामारीविरुद्ध लड्न समान, सुरक्षित र प्रभावकारी खोप, उपचार विधिको विकाससँगै वितरणमा जोड दिन आवश्यक छ । 

हामी खुसी छौं कि धेरै स्वास्थ्य साझेदारहरु र देशहरुले एसीटी को गतीलाई समर्थन गरेका छन् । यसका लागि ३५ बिलियन अमेरिकी डलर आवश्यक पर्छ, जसमध्ये करिब आधा कोभ्याक्सका लागि आवश्यक हुन्छ । यस्तो लगानी विश्वव्यापी आर्थिक गतिविधि, व्यापार, यात्रा र रोजगारी पुर्‍याएको क्षतिको तुलनामा निकै कम हो । यस ऐतिहासिक पहलको द्रुत र पूर्ण कोषले महामारीको तीव्र संक्रमणलाई समाप्त पार्न विश्वलाई उत्कृष्ट उपाय प्रदान गर्नेछ । 

विश्व स्वास्थ्य संगठनका रुपमा हामी कोभिड-१९ ले दिएको भूकम्पिय झट्कालाई परिवर्तनको सूचकको रुपमा प्रयोग गर्न हामी कटिबद्ध छ । अहिले कोरोना महामारीविरुद्धको प्रतिक्रियाले विश्वका सबै पक्षहरुलाई प्रतिविम्बित गर्छ र यसबाट आगामी दिनमा आउनसक्ने संकटलाई रोकथाम गर्न समूहिकरुपमा के कुराले काम गरेको छ र के छैन भन्‍ने विषयबाट पाठ सिक्न आवश्यक छ । 

तर मैले देखिसकेको छु कि कोभिड-१९ को प्रभावले मानवतामा एक महत्वपूर्ण परिवर्तन ल्याएको छ र यसले मलाई आशा प्रदान गरेको छ । महामारीले धेरै क्षेत्रहरूमा आश्‍चार्यजनकरुपमा साझेदारी र एकताका लागि प्रोत्साहित गरेको छ । 

संसारभरका वैज्ञानिकहरुले कोरोना महामारीबाट मानिसहरुलाई बचाउनका लागि आवश्यक उपकरणहरु विकास गर्न एकसाथ जुटिरहेका छन् । स्वास्थ्यकर्मीहरु रातदिन मानिसहरुको जीवन बचाउन र बिरामीहरूलाई निको पार्न प्रयत्‍नरत छन् । कलाकारहरुदेखि एथ्लेटिक्सहरु, समाजसेवीहरुदेखि प्रविधि विज्ञहरुसम्म विभिन्‍न समुदायहरुले आफ्नो प्रभाव र स्रोतहरु थप राम्रो र उत्कृष्टरुपमा प्रयोग गरिरहेका छन् । 

यससँगै धेरै राजनीतिज्ञहरु र सरकारहरुले राजनीतिभन्दा महामारीलाई अघि राखेका छन् र जनताको सुरक्षाको लागि गर्नुपर्ने हरेक प्रयासहरु गरिरहेका छन् । यो एक नियमजस्तै बन्‍नुपर्छ । महामारीले निम्त्याएको मानवीय क्षति र यति धेरैले गरेका बलिदानहरुले हामीलाई जनस्वास्थ्यलाई सम्भव भएसम्मको उच्चतम बिन्दु पुर्‍याउन बाध्य पारेको छ । हामीले कोभिड-१९लाई संसारभरको जनस्वास्थ्यमा महत्वपूर्ण 'टर्निङ पोइन्ट' को रुपमा उपयोग गर्न बाध्य भएका छौं । मलाई लाग्छ हामीले सही छनोट गर्न सक्छौं ।

(टेड्रस एड्हानोम गेहब्रेयसस विश्व स्वास्थ्य संगठनमा प्रमुख हुन् ।)


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC