site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले भने - बीआरआई समृद्ध नेपालको सहयोगी बन्‍न सक्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले चीनले अघि सारेको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना समृद्ध नेपालका लागि सहयोगी बन्‍न सक्ने बताएका छन् ।

फ्रेन्ड्स अफ् सिल्क रोड नेपालले मंगलबार गरेको भर्चुअल गोष्ठीमा सोङ ताओले बीआरआई परियोजना हिमालयपार ऊर्जा र यातायात विस्तारमा सहयोगी बन्ने विश्वास व्यक्त गरेको नेकपाका केन्द्रीय सदस्य आनन्द पोखरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हिमालयपार बहुआयमिक सञ्जालले नेपालको तीव आर्थिक विकास हुने अपेक्षा गरेका छौं,” सोङ ताओको भनाइ उद्धृत गर्दै पोखरेलले भने, “चीनले बीआरआइ परियोजना कार्यान्वयन गर्दा नेपालको दर्बिलो साथको अपेक्षा गरेको छ । चिनियाँ राष्ट्रपतिले गरेको नेपाल भ्रमण, त्यसक्रममा भएका सम्झौता हाम्रा सामुन्नेमा छन् । नेपालका राजनीतिक दलहरू सबै बीआरआइमा सकारात्मक रहेको हाम्रो बुझाइ छ ।”

बीआरआइका सन्दर्भमा नेपालका राजनीतिक दलहरूको समान धारणा रहनुपर्ने पनि उनको चासो थियो ।

Global Ime bank

गोष्ठीमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका कृष्णभक्त जोशीलगायत सहभागी रहेको पोखरेलले बताए ।

गोष्ठीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC