site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
११ र १२ का विद्यार्थीले फिल्म र डकुमेन्ट्री पढ्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा फिल्म र डकुमेन्ट्री पढाइ हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रका अनुसार आउँदो शैक्षिक सत्रबाट कक्षा ११ र १२ का विद्यार्थीले ११ र १२ कक्षाका विद्यार्थीले फिल्म र डकुमेन्ट्री पढ्न पाउने छन् ।

चलचित्र विकास बोर्डको पहलमा पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रममा फिल्म र डकुमेन्ट्री समावेश गरेको हो । यद्यपि अनिवार्य विषयमा रुपमा भने समावेश गरिएको होइन । ऐच्छिक विषयका रुपमा समावेश गरिएको पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलनाथ धमलाले जानकारी दिए ।

“आउँदो शैक्षिक सत्रबाट कक्षा ११ र १२ का विद्यार्थीले चाहेको खण्डमा फिल्म र डकुमेन्ट्री विषय पढ्न सक्नेछन्,” धमलाले भने, “अनिवार्य नभएकाले पढ्नैपर्छ भन्ने छैन । तर, मन लागेका विद्यार्थीले स्कुलले पढाउने व्यवस्था गरेको खण्डमा पढ्न सक्नेछन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

पाठ्यक्रम विकास केन्द्रले अहिले पाठ्यक्रम निर्माण गरिरहेको छ । पाठ्यक्रमको ड्राफ्ट ओस्कार इन्टरनेसनल कलेजका प्रिन्सिपल तथा चलचित्र निर्देशक विनोद पौडेलले तयार पारेर केन्द्रलाई बुझाएका थिए । ११ र १२ कक्षामा १००/१०० पूर्णाकको पाठ्यक्रम डिजाइन गरिएको छ । आधा थ्योरी र आधा प्राक्टिकल पाठ्यक्रम डिजाइन गरिएको छ ।

“समकालीन समाजले आवश्यकता महसुस गर्‍यो भने भोलिका दिनमा ११ र १२ कक्षाभन्दा तल पनि पाठ्यक्रममा चलचित्रसम्बन्धी विषय समावेश गर्न सकिएला । तर अहिले तत्काल सम्भावना छैन । त्यसमा होमवर्क नै भएको छैन,” धमला भन्छन्, “सानै उमेर चलचित्र पढाउन सकिन्छ वा सकिँदैन अथवा त्यो तहमा दिन सकिन्छ कि सकिँदैन भन्ने पनि हो । कक्षा ११ र १२ मा अध्ययन सुरु भए पछि कस्तो प्रतिक्रिया आउँछ त्यसले त्यहाँभन्दा तलका कक्षामा राख्दा हुने महसुस भयो भने राख्दै जान पनि सकिन्छ ।”

Global Ime bank

उनले कक्षा ११ र १२ का विद्यार्थीले फिल्म र डकुमेन्ट्रीबारे जानकारी राख्दा त्यसले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे । ऐच्‍छिक विषय भएकाले अध्यापनका लागि शिक्षक तथा आवश्यक अन्य सामग्री जुटाउन सक्ने विद्यालयले मात्रै पढाउन सक्ने पाठ्यक्रम विकास अधिकृत धमलाको भनाइ छ । “यो विषय आवश्यकतामा आधारित हो । कसैले म शिक्षक राख्‍न सक्छु । मेरो स्रोत र साधनले भ्याउँछ भन्छ भने पढाउन सक्छ,” उनी भन्छन्, “संगीत विद्यालय नेपालमा हालसम्म एउटा मात्रै छ । यस्तै यो पनि आवश्यकता छ ।”

फिल्म र डकुमेन्ट्री विषय सहर केन्द्रित हुनसक्ने उनको भनाइ छ । फिल्मी क्रियाकलाप धेरै भएका क्षेत्रका विद्यालयमा यो रोजाइको विषय हुनसक्ने उनी बताउँछन् । सौन्दर्य कला, फेसन डिजाइनको पनि पाठ्यक्रम बनिसकेकाले यसमा पढाउन चहाने विद्यालयले पढाउन सक्ने उनको भनाइ छ । 

कक्षा ११ र १२ मा लागु गरिसकेपछि त्योभन्दा तलका कक्षामा पढाउन उपयुक्त हुन्छ अथवा हुँदैन मूल्यांकन गरेर अगाडि बढ्न सकिने निर्देशक तथा पाठ्यक्रमका मस्यौदाकार विनोद पौडेल बताउँछन् । 

“कुनै विषयमा एउटा पाठका रुपमा विद्यालयमा पनि पढाउन सकिन्छ । तर, कोर्ष नै बनाएर सानो कक्षामा पढाउन त्यति धेरै सान्दर्भिक नहुन पनि सक्छ,” विनोद भन्छन्, “तर ११ र १२ को पढाइ कति प्रभावकारी हुन्छ त्यसलालाई आधार बनाएर योजनाबद्ध रुपमा त्यहाँभन्दा तलका कक्षामा पनि पढाउन सकिन्छ । योजनाबद्ध रुपमा अगाडि बढ्न सक्यो भनेचाहिँ राम्रो हुन्छ ।” 

चलचित्र विकास बोर्डले भने अझै पनि आधारभूत तहदेखि नै पाठ्यक्रममा चलचित्र पढाउने पहल गरिरहेको जनाएको छ । विकास बोर्डका अध्यक्ष दयाराम दाहालले ११ र १२ भन्दा तल्लो तहमा पनि पढाउने व्यवस्था मिलाउने पहल जारी रहेको बताए । यता, पाठ्यक्रम विकास केन्द्रले भने आउँदो शैक्षिक सत्रमा त्यो सम्भावना नरहेको स्पष्ट पारेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC