site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलबीच भर्चुअल गोष्ठी
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले बेल्ट अफ् रोड इनिसिएटिभ (बीआरआइ) परियोजनासँग सम्बन्धित रहेर नेपालका राजनीतिक दलसँग भर्चुअल गोष्ठी गर्ने भएको छ ।

मंगलबारका लागि तय भएको भर्चुअल गोष्ठीलाई फेन्डस् अफ सिल्क रोड क्लब नेपालले संयोजन गरेको नेकपाका केन्द्रीय सदस्य आनन्द पोखरेलले जानकारी दिए ।

गोष्ठीमा नेपाल बीआरआइ परियोजनाको पक्ष राष्ट्र भएकाले त्यसैसँग सम्बन्धित विषयमा चिनियाँहरूसँग छलफल हुने उनले जानकारी दिए । चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट त्यहाँका इन्टरनेशनल डिपार्टमेन्ट कम्युनिस्ट पार्टी अफ् चाइना (आइडीसीपीसी)का प्रमुख सोङ ताओ र ६ जना अरू वक्ता बोल्ने कार्यसूची रहेको पोखरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“बीआरआइ परियोजना बारे नेपालका अरू राजनीतिक दलको धारणा के हो ? नेपाल पक्ष राष्ट्र भएकाले सम्झौता कार्यान्वयनको अवस्था के छ ? आदि विषय सम्बन्धित रहेनछन्,” उनले भने । 

गोष्ठीमा नेपालका प्रमुख राजनीतिक दलहरू भाग लिनेछन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश पठाउने कार्यसूची रहेको उनले बताए । प्रधानमन्त्री र राष्ट्रपतिको शुभकामना सन्देश गोष्ठीका मुख्य अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पढेर सुनाउने छन् ।

Global Ime bank

त्यस्तै गोष्ठीमा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, नेकपा मालेका महासचिव सीपी मैनाली सहभागी हुने तय भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुमा सहभागी हुने बताए पनि पछि समय सरेकाले उनी उपस्थित नहुने स्रोतको भनाइ छ । कांग्रेसबाट प्रकाशशरण महत उपस्थित हुने बताइएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबैजसो राजनीतिक दललाई खबर पठाइएको पोखरेलले बताए । नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने सबै सहभागीलाई चार–चार मिनेट बोल्न दिइने उनको भनाइ छ । कार्यक्रमको समन्वय फेन्डस् अफ सिल्क रोड क्लबले नै गरेको हो । 

नेकपा विदेश विभागलाई निम्तो छैन

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसीलाई)सँगको भर्चुअल गोष्ठी बारे  नेकपा विदेश विभागलाई कुनै जानकारी र निम्तो पनि नभएको उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

“कार्यक्रमबारे विदेश विभागलाई जानकारी गराइएको छैन,” रिजालले बाह्रखरीसँग भने ।

नेकपाले यसअघि असार ७ गते पनि कार्यशाला गरेको थियो । त्यतिबेला पनि विदेश विभागलाई कुनै जानकारी दिइएको थिएन । त्यतिबेला सीपीसीका नेताहरूले पार्टी, सरकार सञ्चालन, पार्टी अनुशासनका विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहनुपर्ने र ताइवान मामिलामा नेपालको पूर्ववर्ती धारणाबारे पनि सम्झाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC