site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 कोरोना उपचारबाट सरकारले हात झिकेको भन्‍ने भ्रममा नपर्नुस् : सञ्‍चारमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारका नवनियुक्त सूचना तथा सञ्‍चारमन्त्री मन्त्री पार्वत गुरुङले सरकार जनताको जीवन र स्वास्थ्यप्रति अत्यन्त संवेदनशील रहेको बताएका छन् । कोरोना संक्रमितको उपचारबाट सरकारले हात झिकेको भन्‍ने विषयमा भ्रममा नपर्न भन्दै स्पष्टिकरण दिएका छन् ।

सोमबार असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

राज्यले सबै नागरिकको उपचारको प्रबन्ध मिलाएको र सरकारले स्वास्थ्य संरचनाको विस्तार गरेको उनले बताए । कोरोना परीक्षणको दायरा फराकिलो बनाएको छ र सबैलाई उपचारको सुविधा उपलब्ध गराएको उनले दाबी पनि गरे । 

आर्थिक रुपमा विपन्‍न वर्ग, असहाय, अशक्त, एकल महिला, अपांगता, ज्येष्ठ नागरिकलाई विशेष गरी निशुल्क उपचारको व्यवस्था गरिएको भन्दै उनले सरकारले कसैलाई उपचारबाट वञ्चित नगर्ने नीति लिएको बताए । 

Global Ime bank

रोगको संक्रमण विस्तार हुँदै गएको अवस्थामा काठमाडौं उपत्यकामा थप दुई हजार एचडीयूको बेड र संक्रमित भएका जिल्लामा थप दुई सय एचडीयू बेड १५ दिनभित्र राख्‍न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको पनि बताए । 

उपत्यकामा प्रयोगमा रहेका क्वारेन्टिनलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको भन्दै उनले सरकारको यी निर्णयले जनताको जीवन र स्वास्थ्यप्रति सरकार अत्यन्त संवेदनशील छ भन्ने कुरा प्रष्ट हुने पनि बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC