site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कस्तो छ ‘चपली हाइट–२’ ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
नेपाली चलचित्र उद्योगमा केही वर्षअघि निकै विवादित र चर्चित बनेको थियो ‘चपली हाइट’ । नेपाली समाजले पचाउनै नसक्ने दृश्य समावेश गरिएको आरोप खेपेको सो चलचित्रको सिक्वेल अहिले रिलिजको तयारीमा छ । अर्जुन कुमारले निर्माण गरेको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । काठमाडौंमा भदौ तीन गते चलचित्र रिलिज हुँदैछ । 
‘चपली हाइट’मा झैँ चलचित्रको सुरुवात र अन्त्य काठमाडौंको चपली हाइटमा भए पनि कथावस्तु भने पूरै फरक रहेको चलचित्रका नायक र नायिकाले बताएका छन् । ‘चपली हाइट–२’का नायक आयुषमान जोशी र प्रमिता रानासँग गरिएको कुराकानी:  
चलचित्रको प्रचारप्रसार कत्तिको गरिरहनुभएको छ ?
चलचित्रको पूरै युनिट नै प्रचारप्रसारमा जुटेको छा । रिलिजको डेट नजिकिँदै गर्दा दौडधुप पनि बढेको छ । 
ट्रेलर र गीतको प्रतिक्रिया कस्तो आइरहेको छ ?
राम्रो आइरहेको छ । अहिलेसम्म सबैले राम्रो छ भन्नुभएको छ । गीत र ट्रेलर धेरैले हेरिसक्नु भएको पनि छ । 
ट्रेलर हेर्दा त सिक्वेल पनि ‘चपली हाइट’जस्तै छ जस्तो छ !
ट्रेलरमा जति छ, त्यतिमात्रै हो । ट्रेलरमा पनि त्यति धेरै केही छ जस्तो लाग्दैन । सामान्य किस सिनमात्रै त हो । यो त अरु चलचित्रमा पनि हुन्छ नि होइन र ?
संवाद सुन्दा त अलि बढी नै छ जस्तो लाग्छ नि !
हामी हिन्दी, अंगे्रजी, कोरियन चलचित्र सहजै हेर्छौं । त्यसको कमेन्ट पनि गर्दैनौं तर, सामान्य नेपाली चलचित्रको पनि अनावश्यक विरोध गर्छौं । ‘टाइटनिक’ चलचित्रको प्रशंसा गर्छौं । त्यतिका त छैनन् नि कुनै पनि नेपाली चलचित्र !
सपरिवार बसेर चलचित्र हेर्न सकिन्छ ? 
किन नसक्नु ! सबै परिवार बसेर हेर्न सकिन्छ । हामी त्यही अनुरोध पनि गर्छौं । ‘टाइटनिक’ परिवारसँग बसेर हेर्न मिल्छ भने हाम्रो चलचित्र किन हेर्न नसकिने ?  हामी साँघुरो सोचाइ लिएर बसिरहेका छौं, यसलाई भने अलि फराकिलो बनाउनुपर्छ । 
कथावस्तु के छ चलचित्रको ? 
चलचित्र रिलिज नभई विषयवस्तु सार्वजनिक नगर्ने सर्त नै छ । टे«लर हेरेर हलमा पुग्दा ट्रेलर हेरेर गरेको ‘इम्याजिनेसन’ मिल्छ कि मिल्दैन, त्यो झनै रमाइलो हुन्छ । त्यसैले कथावस्तु नभनौँ । 
(मैले कथा फुस्काउने उद्देश्यले भनेँ, ‘अब अर्जुनजी (निर्माता)लाई नै सोध्नुपर्ला जस्तो छ । आयुषमानले भने, ‘अर्जुन दाईलाई मात्रै होइन, दीपेन्द्र (निर्देशक)लाई सोध्नु भए पनि भन्नुहुन्न । नभन्ने सर्त नै हो ।) 
‘चपली हाइट–२’ कस्तो खालको चलचित्र हो ?
लभ, धोका, फाइट, थ्रिलर यस्तै हो । एउटा पूर्ण प्याकेज नै हो । सबै चिज छ । 
लोकेसन ? 
कहानी नमिले पनि लोकेसनचाहिँ ‘चपली हाइट’सँग केही मिल्छ । चपली हाइटबाटै चलचित्र सुरु भएर त्यहीँ अन्त्य हुन्छ । गोदावरी, गोकर्ण, सानेपा, रानीबारी, कुरिनटारलगायत ठाउँमा पनि सुटिङ भएको छ । 
चलचित्रको लक्षित वर्ग कुन हो ?
मुख्य गरी युवा वर्ग नै हो । तर, पीजी सर्टिफिकेट पाएकाले सबैले हेर्न सकिन्छ । अश्लील चलचित्र होइन, जसले पनि हेर्न सक्छ । यद्यपि, चलचित्रको मुख्य लक्षित समूह युवा वर्ग नै हो । 
तपाईंहरू दुवैको पहिलो चलचित्र हो क्यारे, कसरी चयन हुनुभयो ?
हामी दुवै मिडिया र मोडलिङमा थियौं । त्यही भएर ‘तिमीहरूलाई फिट हुने स्टोरी छ’ भनेर अर्जुन दाइले खबर गर्नुभयो । स्क्रिप्ट हेरेको हामीलाई चित्त बुझ्यो । अनि दुवैले ओके गर्यौं । 
दुवै नयाँ हुँदा सुटिङमा गाह्रो भएन ? 
भएन, एक्सन सिनहरूमा केही बढी टेक लिनुपरेको मात्रै हो । वर्षौंदेखि क्यामेरा फेस गरेकाले अप्ठ्यारो भएन ।


नेपाली चलचित्र राम्रो बन्न नसकेको भन्ने आरोप लाग्ने गरेको छ । यसमा कसको कमजोरी देख्नुहुन्छ ? 
चलचित्र कुनै एक व्यक्तिले गरेर मात्रै राम्रो हुने होइन । यसमा पूरै टिमको उत्तिकै मेहनत र लगाव हुनुपर्छ । निर्माता, निर्देशक, कलाकार, प्राविधिक सबै पक्षको बराबर लगानी हुनुपर्छ । 
नेपाली चलचित्रको स्तर माथि उकास्न के गर्नुपर्ला ? 
ए, बी, सी, डी भनेर चलचित्रको ग्रेड छुट्याउनुपर्छ । निर्माता/निर्देशकले ग्रेडअनुसार चलचित्र बनाउँछन् । हेर्नेले पनि जुन ग्रेड मन पर्छ, त्यही हेर्छन् । 
नेपालमा कुल जनसंख्याको दुई प्रतिशतले पनि चलचित्र हेर्दैन । त्यसमा पनि ग्रेड छुट्याएर दर्शकलाई विभाजित गर्ने हो भने निर्माताले जोखिम मोलेर किन चलचित्र बनाउँछ ? 
त्यसो होइन । सबैले एउटै ग्रेडको चलचित्रमात्र बनाउँछ भन्ने छैन । र, दर्शकले पनि एउटैमात्र ग्रेडको चलचित्र हेर्छ भन्ने पनि छैन । ए ग्रेडको चलचित्र हेर्नेले डी ग्रेडको चलचित्र पनि हेर्न सक्छ ।

तस्बिरः राेजित खड्का

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC