site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 अमेरिकी निर्वाचन : दुई करोड ७० लाखभन्दा बढीले गरे मतदान
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकामा राष्ट्रपति निर्वाचन हुन १६ दिन बाँकी रहँदा दुई करोड ७० लाख मतदाताहरुले मतदान गरिसकेका छन् । सीएनएन, एडिसन रिसर्च एन्ड क्याटालिस्टका निर्वाचन अधिकारीहरुको सर्वेक्षण अनुसार औपचारिक मतदानको दिनभन्दा १६ दिन अघि नै दुई करोड ७० लाख मतपत्र खसिसकेका छन् ।

४५ राज्यहरु र कोलम्बिया जिल्लामा मतदाताहरुले गरेको मतदानसम्बन्धी तथ्यांक उपलब्ध गराउने व्यवस्था गरेको छ । सन् २०१६ मा खसेको कुल १३६ मिलियन मतदाताहरुको तथ्यांकलाई आधारमान्दा २० प्रतिशत मत निर्वाचन अगावै खसिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जर्जियामा आइतबार दिउँसोसम्मको तथ्यांक अनुसार १४ लाख ५० हजार मतदाताहरुले मतदान गरिकसकेका छन् । यो संख्या सन् २०१६ को यही अवधिलाई आधार मान्दा १५२ प्रतिशतले मतदान गरिसकेका छन् । सन् २०१६ को यही अवधपमा पाँच लाख ७४ हजारले मात्रै मतदान गरेका थिए । 

शुक्रवारसम्म, मतपत्रहरू सबै ५० वटै राज्यहरुमा उपलब्ध भइसकेका छन् । आगामी दिनमा थप महत्वपूर्ण र उल्लेख्यरुपमा मतदान हुने जनाइएको छ । 

Global Ime bank

नेभाडामा शनिबार बिहानदेखि मतदान खुला गरिएको छ । मतदान खुला गरिएको पहिलो दिन नै १७ हजार ८०० ले मतदान गरेका छन् । 

उत्तर  लास भेगासमा करिब दुई घण्टा ढिलो गरी मतदान खुला गरिएको थियो । हार्डवेयरमा समस्या हुँदा मतदान दुई घण्टा ढिलो गरी मतदान सुरु भएको हो । 

फ्लोरिडामा २४ अक्टोबरसम्म सबै सहरहरुमा मतदान सुरु भइसक्ने जनाइएको छ । ब्रोवार्ड, डुभाल, मियामी-डडे र पामबीच जस्ता महत्वपूर्ण काउन्टीमा पनि अक्टोबर २४ सम्म सुरु भइसक्ने जनाइएको छ । 

अमेरिकका राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकनबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटतर्फबाट जो बाइडेनले प्रतिस्पर्धा गरिरहेका छन् । कोरोना महामारीका कारण निर्वाचनको औपचारिक दिन अर्थात ३ नोभेम्बरभन्दा अगावै ठूलो संख्यामा मतदाताहरुले मतदान गरिसक्ने अपेक्षा गरिएको छ । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC