site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

ढाका । बङ्गलादेशको राजधानी ढाकामा शनिबार बिहान आतङ्ककारी हमलाको प्रयास भएको समाचार छ । राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा यस्तो प्रयास भएको हो । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका थिए ।

त्यस प्रयासलगत्तै प्रहरी पुगेपछि उनीहरुले उक्त रेष्टुरेन्टमा रहेका पहुनालाई नियन्त्रणमा लिएका बताइएको छ । उक्त प्रयासस्वरुप ढाका प्रहरीले कारबाहीका क्रममा पाँचजना बन्दुकधारी नै मारिएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार सो रेष्टुरेन्टमा आतङ्कवादीले हमला गरेको जानकारी पाएपछि तत्कालै प्रहरी र सेनासहितको संयुक्त सुरक्षा फौज त्यहाँ पुगेको थियो ।

यस क्रममा सुरक्षाकर्मीको कारबाहीका क्रममा पाँचजना बन्दुकधारी मारिएका बताइएको छ । साथै सुरक्षाफौजले नियन्त्रणमा लिएका पाहुनालाई पनि मुक्त गरेको जनाएको छ ।

Global Ime bank

एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा भनेका छन्– हामी कारबाहीको अन्त्यमा आइपुगेका छौँ, यस क्रममा पाँचजना बन्दुकधारी मारिएका छन् भने हामीले धेरै स्वदेशी एवम् विदेशी पाहुनालाई नियन्त्रणबाट मुक्त गरेका छौँ ।

बङ्गलादेशको सुरक्षा फौज तथा सरकारले यस बारेमा औपचारिक रुपमा केही बताएको छैन । यस सुरक्षा फौजले अहिलेसम्ममा विदेशी र स्वदेशी पाहुनाको उद्वार गरिएको र कारबाहीका क्रममा बन्दुकधारी पाँच मारिएका जनाएको छ ।

तर पनि कतिपय विदेशी एवम् स्वादेशी मिडियाले भने त्यस आक्रमणका क्रममा ८ देखि १० जनाजति विदेशी पाहुना मारिएको जनाएका छन् ।
श्रीलङ्काली विदेश मन्त्रालयले पनि आफ्ना दुई जना नागरिक आतङ्ककारीको नियन्त्रणमा रहेका जनाएको छ ।

उता पाकिस्तानले भने सो आक्रमणको निन्दा गर्दै त्यसमा कैयौं सर्वसाधारण नागरिकसहित दुई जना प्रहरी अधिकारी मारिएको जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७३  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC