site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री द्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले बूढीगण्डकी जलविद्युत् परियोजनाको नौ अर्ब रूपियाँ भ्रष्टाचार गरेको आरोपलाई पनि सुरुमा खासै गम्भीरतापूर्वक लिइएन । नेपालमा ठूला भ्रष्टाचारका अरू आरोपजस्तै यो पनि केही दिनपछि सामसुम हुने सम्भावना नै बढी देखिएको थियो । तर, सामाजिक सञ्जाल र जनमानसको दबाबपछि नेपाली कांग्रेसका प्रवक्ताले विज्ञप्तिमार्फत् सबैभन्दा पहिले आफ्ना सभापति देउवाको भ्रष्टाचारमा संलग्नता अस्वीकार गर्दै भट्टराईलाई त्यसको पुष्टि गर्न चुनौती दिए । त्यसपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ताले आरोपहरू अस्वीकार गरे । प्रधानमन्त्री ओली नै पनि आफूमाथि लागेको भ्रष्टाचारको आरोपलाई सार्वजनिक कार्यक्रममा ‘निराधार’ भने । देउवा र दाहाल भने आफैँ सार्वजनिकरूपमा बोलेका छैनन् । परन्तु, यसरी गरिएको खण्डनबाट न पूर्वप्रधानमन्त्री भट्टराई चुप लागे न जनताले नै पत्याएको देखियो ।     


बहालवाला प्रधानमन्त्रीसहित दुई पूर्वप्रधानमन्त्रीलाई अर्का पूर्वप्रधानमन्त्रीले भ्रष्टाचारको आरोप लगाएको घटना यसअघि दुनियाँमा कतै भएको थाहा छैन । नेपालमै पनि यसअघि यसरी नाम र अंकै किटेर यस्तो आरोप कसैले लगाएका थिएनन् । पूर्वप्रधानमन्त्री भट्टराईले कांग्रेस र नेकपाका प्रवक्ताको खण्डनपछि अलिकति कुरा फेरे पनि आफूले लगाएको आरोपमा दृढ नै देखिएका छन् । हुनत, अझै पनि भट्टराईको आरोप राजनीतिक खपतका लागि गरिएको ‘प्रचारवाजी’मात्र हैन भनेर ठोकुवा गर्न सकिने आधार छैन । तर, उनले ‘निष्पक्ष छानबिन’का लागि चुनौती दिएकाले यो प्रकरण थप गम्भीर हुन पुगेको छ । यस्तो अवस्थामा सरकारले नै छानबिन गराउनुपर्ने हो । तर, अहिलेको सरकारले आफ्ना प्रधानमन्त्रीसमेतमाथि लागेको भ्रष्टाचारको आरोपमा निष्पक्ष छानबिन गराउने अपेक्षा गर्न सकिँदैन । यसैले यो ‘नौ अर्ब’ भ्रष्टाचारको आरोपको छानबिनमा नागरिक समाजले अग्रसरता देखाउनु उपयुक्त हुनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia


यस्ता मामिला छानबिन गर्ने दायित्व भएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग ‘आदेश मान्ने कर्मचारी’हरूको निकम्मा क्लब बन्नपुगेको मानिन्छ । यसैले यो विशेष प्रकारको भ्रष्टाचारको आरोपको छानबिनमा नागरिक स्तरबाट अग्रसरता देखाउनु आवश्यक र उचित हुनेछ भने आरोपितहरू सहमत भए ट्रान्सपरेन्सी इन्टरनेसनल जस्तो संस्थाले संयोजन गरे हुन्छ । यस मामिलाको नागरिक स्तरबाट विश्वसनीय  आयोग बनाएर छानबिन गर्ने हो भ्रष्टाचार नियन्त्रणमा ठूलो योगदान हुनसक्छ । त्यसो त आरोपी र आरोपितहरूले नै निष्पक्ष छानबिनका लागि पहल गर्नुपर्ने थियो । पौराणिक नायक कृष्णले स्यमन्तक मणि चोरीको आरोप लाग्दा आफैँले खोजेर सत्रजितलाई बुझाएको कथा सबैले पढेकै होलान् । कुनै पूर्व न्यायाधीशको नेतृत्वमा आयोग बनाएर छानबिन गर्न आरोपी र आरोपित तयार छन् ? भ्रष्टाचार नियन्त्रण गर्ने हो भने अब नागरिक समाजले पनि चुनौती स्वीकार गरेर जिम्मेवारी लिनुपर्छ । आफूसँग प्रमाण भएको दाबी गर्ने भट्टराईले पनि यस्तो नागरिक प्रयत्नलाई सहयोग गरून् । छानबिन गरेर यथार्थ नपहिल्याउने हो भने यस्ता आरोपहरूले जनसाधारणमा राज्यप्रति वितृष्णा बढाउनेछन् । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC