site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा, धावनको शतक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं सस्करणको इन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । 

शनिबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । 

सारझाँ क्रिकेट स्टेडियममा चेन्नईले जितका लागि दिएको १८० रनको लक्ष्य पछएको दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८५ रन बनाउन सफल भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

दिल्लीका लागि शिखर धावनले नट आउट शतकीय पारी खेले । ५८ बल खेलेका उनले १४ चौका र १ छक्काको सहयोमा १०१ रन बनाउन सफल भए । 

त्यस्तै मार्कुस स्टोइनिसले २४ रन बनाउँदा कप्तान श्रयस य्यरले २३ तथा अक्षर पटेलले २१ रनको योगदान गरे । 

Global Ime bank

बलिङतर्फ चेन्नईका लागि दीपक चहारले दुई विकेट लिए । त्यस्तै श्यम करन, शार्दुल ठाकुर र डुवेन ब्राभोले समान एक–एक विकेट लिए । 

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।  

चेन्नईका लागि फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले ४७ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५८ रन बनाउन सफल भए । त्यस्तै अम्बाती रायडुले ४५ रन बनाउँदाम रविन्द्र जडेजाले ३३ रनको योगदान गरे । 

बलिङतर्फ दिल्लीका लागि अर्निच नोर्टेजलदे दुई विकेट लिए । त्यस्तै तुसार डेसपाण्डे र कगिसो रवाडाले समान एक–एक विकेट लिए । 

खेलमा जित निकाल्दै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ९ खेल खेलेको दिल्लीले १४ अंक जोड्दै लिगको शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ । पराजित चेन्नई ९ खेलबाट ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC