site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 जनसर्वेक्षणमा बाइडेन अघि छन् तर ट्रम्पले अझै जित्न सक्छन् !
Sarbottam CementSarbottam Cement

बीबीसी । देशव्यापी र स्टेटमा आधारित दुवै किसिमका जनसर्वेक्षणमा डेमोक्रेटका उमेदवार जो बाइडेन ट्रम्पभन्दा उल्लेखनीय स्थानले अगाडि रहेको देखिएको छ । तर पनि डेमोक्रेट्सहरुले चार वर्ष अगाडि यसैको खुसी मनाउँदा मनाउँदै हार बेहोर्नुपरेको पिडा अझै बिर्सिएका छैनन् ।  ट्रम्पविरुद्ध लडेकी हिलारी क्लिन्टनको लोकप्रियतामा पनि त्यस समय कसैले शंका गरेको थिएन तर उनको ऐतिहासिक हारले सबैलाई ठूलो पाठ सिकाएको छ । त्यसैले यसपटक पनि यी पाँच सम्भावित कारणवश् ट्रम्पले पुनः चुनाव जित्न सक्नेछन् ः

१–अर्को अक्टोबर सरप्राइज

चारवर्ष अगाडि चुनावका लागि केबल ११ दिन बाँकी रहँदा एफबीआइका निर्देशक जेम्स कोमेले राज्य सचिव हुँदा हिलारी क्लिन्टनले निजी इमेल सर्भरको प्रयोग गरेकामा अनुसन्धान पुनः सुरु गर्ने खुलासा गरेकी थिइन् । यसका कारण त्यस हप्ताभरि यो सम्बन्धी शिर्षकका समाचार र लेखहरु मात्र हेडलाइन्स बन्न पुगेका थिए जसले ट्रम्पको चुनाव प्रचार अभियानलाई ठूलो राहत दिलायो । त्यसैले यसपटक पनि चुनावको दुईहप्ता मात्र बाँकी रहँदा आगामी दिनहरुमा एउटा ठूलो राजनीतिक घटना, ट्रम्पलाई जित दिलाउन पर्याप्त हुन सक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चुनाव नजिकिँदा अहिलेसम्मका ठूला समाचार भनेको ट्रम्पको कर भुक्तानी सम्बन्धी खुलासा र उनी कोभिड संक्रमण भएको रहेका छन् ।  यता बाइडेनको सन्दर्भमा चाहिँ न्युयोर्क टाइम्सले केही दिन अगाडि मात्र एउटा रहस्यमयी ल्यापटपमा उक्रेनियन कम्पनीसँग उनका छोरा हन्टरको संलग्नता भएको इमेल फेला परेको रिपोर्ट गरेको थियो । 

तर यसको विश्वसनीयतामाथि अझै प्रश्न उठिरहेको छ भने घटनाको स्पष्ट विवरण बाहिर नआएको हुँदा मतदाताहरुमा यसले त्यति ठूलो प्रभाव पार्ने सम्भावना देखिँदैन । 

Global Ime bank

तापति ट्रम्पले यो विषयमा अझ थप खुलासाहरु हुने वचन दिएका छन् । यदि यो केबल सुरुवात मात्र हो भने र यसमा बाइडेन उपराष्ट्रपति हुँदा उनले केही गलत काम गरेको प्रमाण फेला पर्ने हो भने चुनाव परिणाममा ठूलो मोड आउने निश्चित छ । यसरी चुनावका लागि समय नजिकिँदै गर्दा यस्ता विभिन्न अप्रत्याशित घटनाहरु हुन सक्छन् जसबारे अहिले कसैलाई थाहा छैन । 

२– सर्वेक्षण शत् प्रतिशत सहि नहुन सक्छ 

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उमेदवारका रुपमा सुनिश्चित भएदेखि नै देशव्यापी सर्वेक्षणमा बाइडेन ट्रम्प भन्दा धेरै प्रतिशतले अगाडि रहँदै आएका छन् ।  तर २०१६ को उदाहरण हेर्दा कतिपय अवस्थामा स्टेट–लेभल अनि देशव्यापी रुपमा सञ्चालिन पोलहरु अप्रासंगिक पनि हुन सक्छन् ।  यसकारण त्यसको आधारमा निर्वाचनको नतिजा कस्तो हुनेछ भन्ने भविष्यवाणी गर्नु या सर्वेक्षणमा सहभागी वास्तवमै त्यही उमेदवारलाई मतदान गर्न जाने कुरा धेरै चुनौतिपूर्ण हुन्छ । 

यसैगरी विगतमा कतिपय सर्वेक्षणहरुले स्वेत, कलेज नगएका मतदाताहरुलाई सहभागी नगराएको पाइएको थियो जसले पछि गएर ठूलो स्तरमा ट्रम्पको पक्षमा मत हालेका थिए ।  न्युयोर्क टाइम्सले यसअघि २०१६ कै स्तरमा ठूलो घटना भएपनि बाइडेनको स्थान सुरक्षित नै रहने बताएको छ तर यस वर्ष देशले धेरै फरक किसिमका अवरोधहरुको सामना गर्नुपरिरहेको छ । 

जस्तै धेरै अमेरिकीहरुले यो वर्ष पहिलोपटक मेलबाट भोट गर्ने योजना बनाएका छन् । र रिपब्लिकनहरुले यसअघि नै मेल–इन भोटिङ प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।  यसका कारण कुनै जालझेल भएमा आक्रामक ढङ्गमा प्रस्तुत हुने उनीहरुले चेतावनी समेत दिइरहेका छन् जसलाई डमोक्रेटहरुले चाहिँ मतादाताहरुलाई त्रसित पार्ने अनि दबाउने प्रयास गरिएको भनेर आरोप लगाएका हुन् । 

त्यस्तै कोही मतदाताले फारम भर्दा गलती गरे या उचित प्रक्रिया पुर्याएनन् भनेपनि मेल डेलिभरि हुनमा ढिलाइ हुने वा समस्या देखा पर्न सक्छ जसले अन्य अवस्थामा भ्यालिड हुने मत पनि बिगारिदिन सक्छ ।  त्यस्तै व्यक्तिगत भोट गर्ने मतदान केन्द्रहरु सिमित मात्र हुनुले पनि मतदान गर्न कठिन बनाइदिदा यसले कतिपय नागरिकहरुलाई निरुत्साहित गराउन सक्छ जसलाई यसअघि सम्भावित मतदाता ठानिएको थियो । यी कारणले पनि सर्वेक्षणका तथ्याङ्क वास्तविकतासँग मेल नखान सक्छन् । 

३– राजनीतिक बहस

ट्रम्प र बाइडेनबीच भएको पहिलो राष्ट्रपति बहसले धेरै कुरा स्पष्ट पारेको थियो जसलाई इतिहासकै सबैभन्दा खराब प्रस्तुती भनिएको छ ।  कार्यक्रममा ट्रम्पको आक्रामक प्रवृत्तिले उनलाई समर्थन दिलाउन सकेन भने अर्कोतर्फ समारोह सकिएपछि बाइडेनको पक्ष लिनेहरु उल्लेखनीय वृद्धि देखियो । बहसकै आधारमा रिपब्लिकनहरुले बाइडेनको उमेरलाई लिएर फेरि पनि उनी अयोग्य उमेदवार भएको प्रचार गरेका हुन् । 

त्यस्तै अहिले ट्रम्पले दोस्रो बहसलाई भर्चुअल बनाइने भएपछि त्यसबाट बाहिरिने निर्णय गरेर झन नराम्रो प्रभाव पारेको पनि बताइएको छ ।  तरपनि आगामी बिहिबार हुने कार्यक्रम मार्फत उनले अर्को ठूलो मौका पाउनेछन् । त्यसमा उनले शान्तपूर्वक काम गर्ने हो र बाइडेनसँग तर्कपूर्ण कुरा गर्न सक्ने हो भने नाटकीय रुपमा जन समर्थनमा अग्रता पाउन सक्छन् । 

४– स्वीङ स्टेटहरुको समर्थन 

जनसर्वेक्षणमा बाइडेन ट्रम्प भन्दा अगाडि रहेको देखिएपनि अझै थुप्रै स्टेटमा ट्रम्प पर्याप्त स्तरमा अगाडि छन् ।  चारवर्ष अगाडि देशव्यापी लोकप्रियता कम भएपनि उनले ‘इलेक्टोरल कलेज’ मा सहजतापूर्वक जित हासिल गरेका थिए ।  इलेक्टोरल कलेज अन्र्तगत प्रत्येक स्टेटले जनसङ्ख्याका आधारमा केही सङ्ख्यामा मत पाउने गर्दछन् । 

यसमा उनले पहिले जितेका स्टेट : मिचिगन र विस्कन्सिन यसपटक हातबाट बाहिर गइसकेपनि अन्य स्थलमा नजिकी अन्तरले बाइडेनलाई प्रतिस्पर्धा दिन सक्छन् ।  जस्तै फ्लोरिडा, पेनिसिल्भेनिया लगायतमा स्वेत कलेजरहित मतदाताहरुबाट उनले आवश्यक मत प्राप्त गर्न सक्छन् ।  त्यसैले बाइडेन र उनमा बराबरी भए, अन्तिम निर्णय स्टेट प्रतिनिधि र प्रतिनिधि सभाका सदस्यहरुले गर्नुपर्ने हुन्छ जसमा अधिकांशले ट्रम्पको पक्ष लिन सक्छन् । 

५–बाइडेनको चुनाव अभियान 

अहिलेसम्म बाइडेनले प्रभावशाली रुपमा एकदमै अनुशाषित चुनाव प्रचार अभियान सञ्चालन गर्दै आएका छन् ।  कोरोना महामारीका कारण उनले सुरक्षामा विशेष ध्यान दिइरहेका छन् जसले उनलाई समस्याबाट टाढा राखिरहेको छ ।  तर हालसम्म कुनै काण्डबाट नगुज्रिएका बाइडेनले सानो गलती गरेर मध्यम वर्गीय डेमोक्रेट्स, अल्पसंख्यक जातीय समुह र लिबरलमा गहिरो विश्वास राख्नेहरुबीच विवाद उत्पन्न हुने या उनीहरुलाई आक्रोशित हुनुपर्ने कारण दिए भने चाहिँ उनी समस्यामा पर्न सक्छन् । 

त्यस्तो भएमा चुनाव अभियानको थकानलाई धान्न बाइडेनको उमेरले वास्तवमै साथ नदिन पनि सक्छ जसबाट ट्रम्पलाई बढावा मिल्नेछ ।  पहिले नै रिपब्लिकनहरुले बाइडेनको उमेरलाई निशाना बनाउँदै उनी राष्ट्रपति बन्न योग्य दाबेदार नभएको प्रचार गर्दै आएका छन् ।  बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC