site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय राजनीतिमा उदाएकी पुष्पम प्रिया चौधरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको बिहार राज्यमा हुन गइरहेको निर्वाचनमा पुष्पम प्रिया चौधरीको नाम चर्चामा छ । लन्डन स्कुल अफ इकनोमिक्समा अध्ययनरत पुष्पम ‘प्लुरल्स’ नामक पार्टी निर्माण गरेर चुनावी मैदानमा होमिएसँगै चर्चामा आएकी हुन् ।   उनी पटनाको बाँकीपुरबाट भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनविरुद्ध चुनावी मैदानमा होमिकी छन् । पुष्पम् आप्mना उमेदवारहरुलाई ‘जाति प्रोफेशन’ बताउँदै आएकी छन् भने धार्मक सम्प्रदाय– बिहारी ।

बिहारमा अक्टोबर २८, नोभेम्बर ३ र ७ गरी तीन चरणमा निर्वाचन हुँदैछ । दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचनका लागि अहिले राजनीतिक दलहरु प्रचार–प्रसारमा व्यस्त छन् ।

को हुन् पुष्पम प्रिया चौधरी ?

Prabhu Bank
Agni Group
NIC Asia

पुष्पम जनता दल (युनाइटेड) का नेता तथा विधान परिषद् सदस्य (एमएलसी) रहिसकेको दिलीप चौधरीकी छोरी हुन् । बिहारको दरभंगाकी पुष्पम बेलायतको  प्रख्यात लन्डन स्कुल अफ इकनोमिक्सबाट पब्लिक एडमिनिस्ट्रेशनमा मास्टर्स गरेकी छन् । उनी प्लुरल्स पार्टीकी अध्यक्ष हुन् । प्लुरल्सको एक विज्ञापन सामाजिक सञ्जालमा चलिरहेको छ । जसका माध्यमबाट पुष्पम प्रोग्रेसिभ बिहारको विषय उठान गरिरहेकी छन् ।  

पुष्पमका बुवा दिलिप बिहारका मुख्यमन्त्री नितिशकुमारका नजिकका साथी हुन् । तर, उनले  मुख्यमन्त्रीको उमेदवार बनेर सोझै नितिशलाई चुनौती दिएकी छन् । नितिशलाई उनकै पार्टीका नेताकी छोरीले च्यालेन्ज गरिरहेकी छन् ।
 
पुष्पम प्रिया चौधरीको लक्ष्य के हो ?

Global Ime bank

पुष्पमले अखबारहरुमा प्रकाशित गरेको विज्ञापनमा लेखाएकी छन्– बिहारलाई गति चाहियो, बिहारको पखेटा हुनुपर्छ, बिहारलाई परिवर्तन चाहियो, किनकी बिहारलाई राम्रो चाहियो र राम्रो सम्भव छ । बिना मतलबको छाडटौं, प्लुरल्स जोडिऔं जसले २०२० मा बिहार दौड्न सकोु्, उड्न सकोस् ।
 
पार्टीको लोगो

पुष्पमको पार्टीको लोगोमा सेतो घोडा र घोडालाई पखेटा लगाइएको छ । ग्रीक मिथकमा यसलाई ‘पेगासस’ को नामले जानिन्छ । यो घोडा जमिनमा दौड्नुका साथै आकाशमा उड्न पनि सक्थ्यो । यसलाई शक्ति र तीव्रताको प्रतीक मानिन्छ । जुन लाइन पुष्पमले आप्mनो पार्टीका प्रयोग गरेकी छन्, जसमा गति र उड्ने कुराको जिकिर गरेको पाइन्छ ।
 
जातीय राजनीति अन्त्य गर्ने लक्ष्य

विगत लामो समयदेखि बिहारमा चल्दै आएको जातीय राजनीति अन्त्य गर्ने लक्ष्यका साथमा पुष्पम निर्वाचनमा होमिएकी छन् । बिहारमा जातीय भेदभाव तथा जातीय असमानताले जरो गाडेको छ । उनले जातीय राजनीति अन्त्यका लागि आफ्नो जातमा ‘राजनीतिज्ञ’ र धर्ममा ‘बिहारी’ लेखेकी छन् ।

पुष्पम आफूलाई कुनै पनि जाति वा धर्मसमुदायको कारण नभएर नीतिका कारण मतदान गरुन् भन्ने चाहेको बताइरहेकी छन् । जातजाति कर्मको आधारमा हुनुपर्ने भए पनि जातीय भेद्भाव भने हुन नहुने उनको भनाइ छ । यस किसिमको भेदभाव नीतिगत रुपमा विपन्न परिवारलाई आर्थिक अवसरको माध्यमबाट जातीय भेद्भाव हटाउन सकिने पुष्पमको बुझाइ छ ।

उनको राजनीतिक अभ्यासमा बिहारका डाक्टर, इन्जिनियर, प्राध्यापकलगायतका शिक्षित वर्गले साथ दिइरहेका छन् । उनीहरुले यो निर्वाचनमा नयाँ अनुहारलाई मौका दिनुपर्ने बताइरहेका छन् ।    

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC