साहित्य
काठमाडौं । ‘बैगुनी रैछौ मायालु’ का गीतकार भरत बम्जनले तीज गीत सार्वजनिक गरेका छन् । ‘वर्ष दिनको तिज आयो सुन संगी हो’ बोलको तिज गीत बम्जनले बजारमा ल्याएका हुन् ।
म्युजिक नेपालले बजारमा ल्याएको गीतमा बम्जनको शब्द र लय रहेको नयाँ तीज गीतमा नव गायिका इन्दिरा तिवारी (रजक)को स्वर रहेको छ । बम्जनको यो दोस्रो तिज गीत हो ।
म्युजिक भिडियो समेत बजारमा आइसकेको छ । म्युजिक भिडियोमा मोडल सुस्मिता ढकाले अभिनय गरेकी छन् ।
गीतकार भरत बम्जनका केही गीत लोकप्रिय रहेका छन् । ‘बैगुनी रैछौ मायालु’ बोम्जनकै गीत हो । रेडियो नेपालका कार्यक्रम प्रस्तोतासमेत रहेका बम्जनले आधुनिक, लोक, चलचित्रका गरि पाँच दर्जन गीत लेखिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३ १८:०७
प्रतिक्रिया दिनुहोस्