डर्टमण्ड विजयी 

डर्टमण्ड विजयी 

एजेन्सी । जर्मन बुन्डेस लिग फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ । शनिबार भएको खेलमा डर्टमण्डले होफेनहेम माथि १–० गोलको जित निकालको हो । 

होफेनहेमको घरेलु मैदानमा भएको खेमला डर्टमण्डलाई जित दिलाउन मार्काेस रिउसले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको डर्टमण्डले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । 

खेलको ७६ औं मिनेटमा मार्कुस रेउसले गोल गर्दै डर्टमण्डलाई १–० गोलको जित दिलाए । जितसँगै डर्टमण्डले ४ खेलबाट ९ अंक जोडेको छ । डर्टमण्ड तलिकाको दोस्रो स्थानमा रहेको छ । 

पराजित होफेनहेमको ६ अंक रहेको छ । आजनै भएको अर्को खेलमा लिभरकुसेनले मेन्जाविरुद्ध १–० गोलको जित निकालेको छ । त्यस्तै भीएफबी स्टागार्टसँग हर्थ पराजित भएको छ । 

प्रतिकृया दिनुहोस
ad