site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
संघीय शिक्षा ऐन चाँडो ल्याउन माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल शिक्षक महासङ्घले संविधानबमोजिम सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गरेको छ । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर समितिले आज भर्चुअरुपमा आयोजना गरेको ‘समसामयिक शैक्षिक सवालमा महासङ्घ तथा सङ्गठनको भूमिका विषयक’ अन्तर्क्रियामा महासंघका अध्यक्ष बाबुराम थापाले सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन ढिलाइ गर्न नहुने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले शिक्षकहरुको पेशागत हकहितका लागि सरकारसँग विगतमा भएका सहमतिको पालना हुनुपर्नेमा पनि जोड दिए ।

संगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले कोभिड १९ पछिको विषम स्थितिमा पनि आफूहरुले ‘ननिदाएका शिक्षकहरु’ जस्ता मौलिक कार्यक्रम सञ्चालन गर्नाका साथै  विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठनमा दत्तचित्त भएर लागेको बताए । 

Global Ime bank

महानगर समितिका अध्यक्ष डिल्ली शर्माले कोभिड १९ पछिको स्थितिमा शिक्षक सङ्गठनहरुले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । - रासस


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC