site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपोलीको सहज जित
Sarbottam CementSarbottam Cement

एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोलीले सहज जित निकालेको छ । शनिबार बेलुका भएको खेलमा नेपोलीले एट्लान्टामाथी ४–१ को सहज जित निकालेको हो । 

खेलको २३ औं मिनेटमा हिर्विङ लोजानोले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाएका थिए । त्यसको चार मिनेट नबित्दै लाजानोले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोली नेपोलीको अग्रता दोब्बर पारे । २७ औं मिनेटमा लोजानोले मेर्टेनजको पासमा गोल गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

३० औं मिनेटमा माटेओ पोलिटानोले गोल गरे । उनले रुइजको पासमा गोल गर्दै नेपोलीलाई ३–० कोल अग्रता दिलाए । पहिलो हाफ सकिन दुई बाँकि रहँदा भिक्टर  ओसिम्हेनले गोल गरे । उनले ओस्पियनको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए । 

पहिलो हाफमा आक्रमक फुटबल खेलेको नेपोलीले दोस्रो हाफमा भने गोल गर्न सकेन् । दोस्रो हाफमा पाहुना टोली एट्लान्टाले एक गोल फर्काएको थियो । ६९ औं मिनेटमा साम लामेर्सले रोमेरोको पासमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, थप गोल गर्न नसक्दा नेपोलीले खेल ४–१ को फराकिलो अन्तरले जितेको हो । 

Global Ime bank

यस जितसँगै चार खेलेको नेपोली आठ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सुरुवाती चार खेलमा पहिलो हार व्यहोरेको एट्लान्टा भने ९ अंकसहित दोस्रो स्थानमा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC