site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विराटनगरमा निजी क्षेत्रको पहलमा प्रिकोभिड अस्पतालको तयारी
Ghorahi CementGhorahi Cement

विराटनगर । संक्रमितहरु आईसीयू र भेन्टिलेटरसम्म पुग्न नपरोस् भन्ने उद्देश्यसाथ विराटनगरमा एकसय बेड क्षमताको प्रिकोभिड १९ अस्पताल संचालन गर्ने विषयमा निजीस्तरमा छलफल शुरु भएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइारलाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल शुरु भएको हो । 

यस विषयमा शनिबार आयोजित भर्चुअल छलफलमा सहभागी चिकित्सक, राजनीतिकर्मी तथा व्यवसायीले अस्पताल सञ्चालन गर्ने विषयमा आफूहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आईसीयू र भेन्टिलेटरमा बढ्दै गएको चाप अस्पतालहरुले थेग्नै नसक्ने अवस्थामा पुगेकोले विराटनगरमा अक्सिजन चाहिने बिरामीलाई सेवा दिने गरी छलफल शुरु गरिएको बताए ।

Agni Group

उनले भने,“विराटनगरमा एकसय बेडको कोभिडका लक्ष्यण भएका बिरामीलाई प्रिकोभिड अस्पताल संचालन गर्न सकिन्छ । सरकारलाई सहयोग पुगोस भनेरै हामीले यस्तो पहल लिएका हौं ।” 

उनले अस्पतालमा गम्भीर स्वास्थ्य अवस्थामा जानुभन्दा पहिल्यै पाउनुपर्ने न्यूनतम सुविधाले ज्यान बचाउनको सक्ने भएकोले यस्तो प्रिहस्पिटलबारे छलफल चलाइएको बताए । सहभागीले अहिले विराटनगरमा हरेक दिन अस्पतालमा आईसीयूमा बेडको माग हन थालेको तर बिरामीले अस्पतालको गेटबाटै फर्कनुपर्ने अवस्था आएको सहभागीको भनाइ थियो । 

Global Ime bank

काठमाडौंमासमेत अस्पतालमा बेड आउन निक्कै कठिनाइ हुने गरेको भन्दै चिकित्सा विज्ञान प्रतिष्ठानका पूर्वडिन डा. जगदीश अग्रवालले आईसीयू र भेन्टिलेटरसम्म पुग्न नदिन प्रिहस्पिटलको कन्सेप्ट उचित हुने बताए ।  अस्पतालको स्थानीय व्यवस्थापन स्थानीय सरकारले गर्न सक्ने र यसको पहिलो सेटअपको लागि ५० लाखसम्म खर्च हुन सक्ने तथा चिकित्सकलगायत व्यवस्थापनको लागि मासिक १५ लाख रुपैयाँसम्म खर्च हुनसक्ने बताए । 

चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.लोचन कार्कीले भएकै पूर्वाधारलाई प्रयोग गरेर अस्पताल संचालन गर्न सकिने र भएकै संरचनालाई अस्पतालमा परिणत गर्दा खर्च बचाउन सकिने बताउँदै भने,“अहिले अस्पताल भरिएका छन । जान नपर्ने पनि गएका छन । उनीहरुलाई प्रिहस्पिटलमा राखेर केयर गरेर अक्सिजन मात्र दिन सकियो भने पनि धेरैलाई बचाउन सकिन्छ । आईसियू र भेन्टिलेटर पुग्न नदिन पहल गर्न सकिन्छ ।” 

“सरकारले लिज लिएर चलाए । २० प्रतिशत बेड छुट्याउनु भन्दा ठूलो अस्पताललाई बनाउने भन्दैछ तर त्यो गर्नुभन्दा पनि कुनै ठूलो मेडिकल कलेजलाई नै कोभिड अस्पताल बनाउन सकिन्छ,” कार्कीले भने,“आईसोलेसनमा बस्नेका लागि टेलिमोडिसियनलगायत सेवा दिन सकिन्छ ।” चिकित्सक कार्कीले कोभिडको बढ्दो ग्राफलाई फ्लाट बनाउन जरुरी भएको भन्दै प्रिअस्पतालको कन्सेप्ट उचित भएको र यस्तो अस्पताल चलाउँदा ६० प्रतिशत बिरामी अस्पताल पुग्नै नपर्ने सुनाए । 

नेपाली कांग्रेस १ नम्बर प्रदेशका प्रमुख सचेतक केदार कार्कीले समय घर्कदै गएकोले अब ढिलाई गर्न नहुने बताए ।  कांग्रेस सचेतक सूयर्माराज राईले कोभिडले प्रदेश १ मा संक्रमितको संख्या थपिदैं जाँदा अवस्था भयावह हुँदै गएको बताए ।  उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य महेश जाजूले विराटनगरमा प्रिअस्पताल संचालन गर्न निजी क्षेत्रको सहयोग संधै रहने बताउँदै भने,“हामी प्रिअस्पताल संचालन गर्न सकारात्मक छौं । यो काममा सरकारले पनि सहयोग गर्नुपर्छ ।” 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारको कमजोरीका कारण धेरै मानिसले उपचार प्राप्त गर्न नसकेको जस्तो देखिएको बताए । जनतालाई सरकारले सेवा दिन कमजोरी गर्न नहुने सुझाव दिए ।  उद्योगी सुशील धनावतले विराटनगरमा बढ्दो कोभिड ग्राफ भयावह अवस्थामा पुगेको बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले निजी क्षेत्रले सरकारको काममा संधै सहयोग गर्दै आएको सुनाए । विराट व्यपार संघका अध्यक्ष सुजन थापाले यो अभियानमा सहयोग गर्ने बताए । 

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरमा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने ठूलो चुनौती रहेको भन्दै अब प्रिकोभिड अस्पताल जरुरी भएको बताए । भने,“अस्पतालसम्म पुग्नुअघि अक्सिजन चाहिने बिरामीको लागि यो अस्पताल अति नै महत्वपूर्ण हुनेछ ।” मेयर पराजुलीले यो कार्यमा विराटनगर महानगरले पहलकदमी र नेतृत्व लिन सक्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC