साहित्य
काठमाडौं । गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाको स्वर रहेको ‘यानी माया...’ बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । 'आधार-२' मा समावेश गरिएको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।
गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । कविता नेपाली, गौरभ विष्ट, सर्मिला तामाङ र नीमा श्रेष्ठ भिडियोमा फिचर्ड छन् ।
भिडियो निर्देशन हिमालयन इन्फ्रा टिमले गरेको छ । गीत म्युजिक नेपालको युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७ १४:१५
प्रतिक्रिया दिनुहोस्