स्मिता दाहालको गीत 'मायाले मलाई बोलायो' सार्वजनिक

स्मिता दाहालको गीत 'मायाले मलाई बोलायो' सार्वजनिक

काठमाडौं । राजनराज शिवाकोटीको शब्द संगीतमा रहेको गीत 'मायाले मलाई बोलायो' सार्वजनिक भएको छ । शुक्रबार युट्युव मार्फत वर्ल्ड प्रिमियर गरिएको गीतमा स्वर स्मिता दाहालको छ ।

गीतमा संगीत एरेञ्ज दिक्षित पौडेलको छ । युवा अवस्थासम्म जीवित रहेको बाल्यकालदेखिको प्रेम र त्यसको प्राप्तिमा प्रेमी प्रेमिकाले भेटेको खुशीलाई गीतमा समेटिएको छ ।  

गीतको भिडियोमा गायिका स्मितासँगै अभिनेता सलोन बस्नेत फिचर्ड छन् । 

सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घिमिरेको साथमा वाल कलाकार सलिन राना र अल्फा शाह ठकुरी भिडियोमा समावेश छन् । 

शिशिर खातीको निर्देशनमा तयार भएको भिडियोलाई छायांकन शंकल भुजेलले गरेका छन् भने सम्पादन वनिश शाहले गरेका छन् । 

प्रतिकृया दिनुहोस
ad