नजिकको मतदान केन्द्र पत्ता लगाउन गुगलको नयाँ फिचर

 नजिकको मतदान केन्द्र पत्ता लगाउन गुगलको नयाँ फिचर

वाशिङ्टन । अल्फाबेट इंक गुगलले संयुक्त राज्य अमेरिकामा मतदाताहरुलाई आफ्नो नजिकको मतदान केन्द्र पत्ता लगाउन सजिलोका लागि नयाँ फिचर ल्याएको छ ।  आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई आफ्नो नजिकको मतदान स्थल पत्ता लगाउन सजिलोका लागि गुगलले आफ्नो सर्च इञ्‍जिन, नक्सा र भ्वाइसमा नयाँ फिचर ल्याएको जनाएको छ ।

व्यक्तिगत मतदान वा हुलाकमार्फत गरिने मतदान विवरणहरू "प्रारम्भिक मतदान स्थान" वा "मेरो नजिकको मतपत्र ड्रप बक्सहरू" को सर्चमा फेला पार्न सकिने गुगगलले जनाएको छ ।  तथ्यांकहरु राज्यका मतदान अधिकारीहरु र गैर-पार्टी, गैर नाफामुखी नागरिक समूह डेमोक्रेसी वर्क्सबाट तानिएकोसमेत गुगलले जनाएको  छ। 

गुगलले आफ्नो भ्वाइस-असिसटेन्टले पनि नजिकै मतदान गर्नेबारे जानकारी दिनसक्ने जनाएको छ । गुगल म्यापले मतदानस्थलको दिशा निर्देशन गर्न र मतदानस्थल पुग्‍न लाग्‍ने समयबारे जानकारी गराउने छ । - रोयटर्स

प्रतिकृया दिनुहोस
ad