site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार नागरिकको मृत्युमा समेत भ्रष्टाचार गरिरहेको छ : देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको मृत्युमासमेत भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । पार्टीले गठन गरेको ‘कोभिड—१९ अनुगमन समिति’ ले कोरोना महामारीसम्बन्धी तयार पारेको प्रतिवेदन बुझ्दै उनले यस्तो आरोप लगाएका हुन् ।   

“कोरोनामा यति मान्छेहरु मरिरहेका छन् सरकार त्यसमा पनि भ्रष्टाचार गरिरहेको छ । सरकारले जनताको वास्ता नै गरेको छैन । मतलबै छैन, चिन्तै छैन । मरे मरुन भन्ने कुरामा सरकार लागिराखेको छ,” सभापति देउवाले भने ।

महामारीका बेला सरकार सबैभन्दा बढी ‘कन्सर्न’ भएर अगाडि बढ्नुपर्ने भए पनि केपी ओली नेतृत्वको सरकारले नागरिकको स्वास्थ्यतर्फ ध्यान नदिएको उनले टिप्पणी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सभापति देउवाले सरकार महामारी नियन्त्रणमा असफल भइसकेको दोहोर्‍याउँदै दसैंपछि संसद बोलाएर ‘हंगामा’ गर्नेसमेत चेतावनी दिए । “पार्लियामेन्ट बोलाएर, पार्लियामेन्टमा हंगामा गरेर भए पनि आन्दोलन गर्छौं,” उनले भने, “ जनताको जीवन रक्षा व्यवस्था गर्न सरकारलाई बाध्य पार्छौं ।”

महामारीका कारण कांग्रेसले सरकारलाई सही बाटोमा ल्याउन आन्दोलन गर्न नसकेको उनको भनाइ थियो । “यो महामारीका बेला गर्ने कि नगर्ने कुरा छ,” देउवाले भने ।   

Global Ime bank

सहमहामन्त्री डा. प्रकाशरण महत नेतृत्वको अनुगमन समितिले सभापति देउवालाई बुझाएको प्रतिवेदनमा महामारी रोकथाममा सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालिएको छ ।

"एकातर्फ, लकडाउनको अवधिमा आईसीयू बेडको संख्या नौ सयबाट दुई हजार छ सय र भेण्टिलेटरको संख्या ८० बाट एक हजार पुर्‍याएको दावी गर्ने र अर्कोतर्फ आईसीयूमा दुई सय र भेन्टिलेटरमा ५० बिरामी भर्ना हुँदैमा यी दुबैको अभाव भएको घोषणा गर्ने सरकारी रवैया जनतालाई झुक्याउन मात्र भएको देखिन्छ," प्रतिवेदनमा भनिएको छ, "क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था, टेष्टिङ, ट्रेसिङ र विरामीको ट्रिटमेण्ट लगायतका सबै काममा सरकार पूर्णतः असफल भएको छ । केही जीवन बचाउने औषधीहरुको खुलेआम कालोबजारी भइरहेको छ ।"

चार महिना लामो लकडाउन र थप एक महिना लामो निषेधाज्ञालाई सरकारले कोरोना संक्रमणको नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण, क्वारेन्टाइन र आइसोलेसनको समुचित व्यवस्था, अत्यावश्यकीय उपकरण र औषधि खरिदका लागि सदुपयोग गर्ने असल मनसाय नै नराखेको अनुगमन समितिको आरोप छ ।

महामारी नियन्त्रणका लागि अब के गर्ने भन्ने कार्ययोजना सरकारसँग नभएको जिकिर गर्दै प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक नेतृत्व केही बोलीरहेको छैन । कर्मचारीतन्त्रबाट आउने सूचनाहरु जनतालाई होच्याउने र अक्सर विरोधाभाषपूर्ण छन् । औषधी, उपकरण र जनशक्तिको व्यवस्थापन, अस्थायी अस्पतालहरु स्थापना, आर्थिक स्रोतको स्थानीय सरकारहरुको तहसम्म उपलब्ध गराउने काममा त सरकार नराम्ररी चुकिसकेकै छ । मित्र राष्ट्रहरुले महामारी नियन्त्रणका लागि उपलब्ध गराउन चाहेको सहयोग लिने तत्परता समेत पनि देखाएको छैन ।’

सरकारले महामारी नियन्त्रणका लागि गरेका कमजोरीहरु सच्याएर स्वास्थ्य पूर्वाधारको विस्तारदेखि राहत वितरण र जनचेतना अभिवृद्धिका लागि स्थानीय सरकारहरुलाई जिम्मेवार र उत्तरदायी नबनाए स्थिति अझै प्रतिकूल हुने अनुगमन समितिको ठहर छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC