site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बजार परिसूचकसँगै कारोबार पनि घट्यो, नेप्से २७ अंकले घट्दा ९ अर्बको कारोबार
Ghorahi CementGhorahi Cement

काठमाडौं । दसैं नजिकिएसँगै  लगानीकर्ता बाहिरिँदा यो साता नेप्सेमा बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यो साता बजार परसूचक नेप्से २७.१८ अंकले घटेर १५६२.४६ अंकमा बन्द भएको छ । नेप्सेसँगै यो साता कारोबार रकम पनि ३७.९७ प्रतिशते घटेको छ । 

गत साता १४ अर्ब ६४ करोड ७४ लाखको कारोबार भएको बजारमा यो साता कारोबार रकम ९ अर्ब ८ करोड ६४ लाख रुपैयाँमा समिति भएको छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं नजिकिएसँगै सेयर बजारबाट लगानीकर्ता बाहिरिँदा बजार परिसूचकसँगै कारोबार रकममा पनि संकुचन आएको हो ।  सातामा ५ कारोबार दिन नै कारोबार भएको बजारमा नेप्से ३ दिन घट्दा २ दिन भने सामान्य बढेको थियो । 

Agni Group

यो साता नेप्सेमा सबै समूहको सूचक ओरालो लाग्दा नेप्से पनि आरालो लागेको हो । गत विगतका साताहरुमा सवार्धिक वृद्धि देखिएको हाइड्रोपावर समूहको सूचक यो साता सबैभन्दा धेरै घटेको छ । हाइड्रोपावर समूहको सूचक ५.११ प्रतिशतले घटेको छ । त्यस्तै  बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक १.३८ प्रतिशत, होटेल समूहको सूचक ३.०७ प्रतिशत, अन्य समूहको सूचक १.१७ प्रतिशत, विकास बैंक समूहको सूचक ०.१६ प्रचिशते घटेको छ ।

त्यस्तै उत्पादन समूहको सूचक ३.३७ प्रतिशत, लघुवित्त समूहको सूचक १.०१ प्रतिशत, जीवन बिमा समूहको सूचक १.३४ प्रतिशत, निर्जीवन बिमा समूहको सूचक २.४५ प्रतिशत, वित्त कम्पनी समूहको सूचक २.५७ प्रतिशत व्यापार समूहको सूचक १.५५ प्रतिशतले घटेको छ । जसले गर्दा समग्र बजार परिसूचक नेप्से १.७१ पतिशत र  सेन्सिटिभ इन्डेक्स १.४८ प्रतिशतले घटेको छ । 

Global Ime bank

नेप्से घटेसँगै सेयर बजारको बजार पुँजीकरण पनि घटेको छ । गत साता अहिलेसम्मकै उच्च २१ खर्ब  १८ अर्ब ८० करोड पुगेको बजार पुँजीकरण यो साता १.७१ प्रतिशते घटेर २० खर्ब ८२ अर्ब ५८ करोडमा झरेको छ । 

यो साता सेयर कारोबारका आधारमा विकास बैंक र हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धेरै कारोबार हुने शीर्ष १० कम्पनीमा ७ वटा हाइड्रोपावर र विकास बैंक रहेका छन् । साताभर मुक्तिनाथ विकास बैंकको सवार्धिक ३१ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै  अरुण काबेली हाइड्रोपावरको ३० करोड ७२ लाख, नेपाल पुनर्बिमा कम्पनीको ३० करोड १८ लाख, अरुण भ्याली हाइड्रोपावरको २९ करोड २० लाख, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड ९४ लाख, ज्योति विकास बैंकको २४ करोड ८१ लाख, नेपाल बैंकको २३ करोड ८६ लाख, अपी पावरको २३ करोड १७ लाख, सानिमा माइ हाइड्रोपावरको २२ करोड ४८ लाख र कमना सेवा विकास बैंकको २२ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

बजार पुँजीकरणका आधारमा पहिलो स्थानमा नेपाल दुरसञ्‍चार कम्पनी नै रहेको छ । जसको कुल बजार पुँजीकरण १ खर्ब ६ अर्ब ५ करोड रहेको छ । त्यस्तै बजार पुँजीकरणमा दोस्रोदेखि १० औंसम्म बजार पुँजीकरणमा क्रमशः नबिल बैंक ८६ अर्ब ७३ करोड, नेपाल पुनर्बिमा कम्पनी ८५ अर्ब ४० करोड, नेपाल लाइफ ७५ अर्ब ५२ करोड, एभरेष्ट बैंक ६० अर्ब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक ५८ अर्ब ९९ करोड, एनएमबि बैंक ५८ अर्ब ९५ करोड, नागरिक लगानी कोष ५६ अर्ब ८५ करोड, एनआईसी एशिया बैंक ५६ अर्ब १६ करोड र स्ट्यान्डर्ड चाटर्ड बैंक ५२ अर्ब ७२ करोड रहेका छन् । 

यो साता बजार पुँजीकरणको आधारमा शीर्ष १० कम्पनीमा कुनै फेरवदल भएको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC