site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नरेन्द्र मोदी ६ वर्षमा २२ पटक मात्रै संसदमा बोले
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । नरेन्द्र मोदीको शासनकालमा राष्ट्रका मुद्दाहरुमा बहस गर्ने थलोका रुपमा संसद रहेन ? अंग्रेजी अखबार इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार पछिल्ला ६ वर्षमा मोदीले संसदमा मात्र २२ पटक बोलेका छन् ।

क्रिस्टफ जाफरलु र विहांग जुमलेको संयुक्त बाइलाइनमा प्रकाशित लेखमा मोदी सरकार संसदलाई नजरअन्दाज गरिरहेको उल्लेख छ । लेखका अनुसार एचडी देवगौडा मात्र दुई वर्षका लागि प्रधानमन्त्री भएका थिए, उनले पनि संसदमा मोदीभन्दा बढी पटक बोलेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय जनता पार्टी (बीजेपी) कै अटल बिहारी बाजपेयीले पनि ६ वर्षमा ७७ पटक संसदलाई सम्बोधन गरेका थिए । यस्तै १० वर्षसम्म प्रधानमन्त्री रहेका मनमोहन सिंहले ४८ पटक संसदमा आफ्ना कुरा राखेका थिए ।

लेखअनुसार संसदभन्दा पनि सोझै मानिसहरुसँगको संवादमा विश्वास राख्छन् मोदी । चाहे त्यो रेडियोका माध्यमबाट ‘मन की बात’ होस वा सोसल मिडियाका माध्यमबाट होस्, उनी सीधै मानिसहरुसँग जोडिने गरेका छन् ।

Global Ime bank

तर, सन्देश दिने यी दुवै तरिकामा एउटा कुरा भने समान छ, त्यो हो कि मोदी एकतर्फी सन्देश दिन्छन्, जसमा सुन्नेहरु उनीसँग कुनै सवाल गर्न सक्दैनन् । लेखमा संसदलाई नजरअन्दाज गरेर मोदी सरकारले अध्यादेशको बाटो अपनाउने गरेको उल्लेख छ । मनमोहन सरकारको पालामा औसत रुपले बर्सेनि ६ अध्यादेश आउँथे भने मोदीको शासनकालमा एक वर्षमा औसत रुपमा ११ अध्यादेश ल्याइएका छन् । संसदीय समितिमा पनि ‘बिल’ (ऐन) पठाउने क्रम पनि कम भएको छ । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC