site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजनीतिमा युवा सहभागिता र समृद्धि

युवा देशको अनमोल शक्ति हो । देशको सबैभन्दा ठूलो पुँजी नै युवा शक्ति हो । युवा वर्गको विशिष्ट शक्तिलाई नसमेटी राष्ट्र निर्माण सम्भव छैन । त्यसैले युवावर्गमा राजनीतिप्रति बढेको वितृष्णा हटाएर उनीहरुमा राजनीतिक चेतनाको विकास गराएर राजनीतिमा संलग्न युवालाई मूलधारको राजनीतिमा सामेल गराउनु आजको आवश्यकता हो ।

राजनीतिमा युवा पुस्ता स्थापित भएको खण्डमा समाजको विकासले गति लिन्छ । समाजको सबैभन्दा गतिशील समूह नै युवा भएकाले उसको सहभागिताविना देश मेरुदण्ड नभएको शरीरजस्तै हुन्छ । हिजो जीवन जोखिममा राखेर परिवर्तनको जग युवाले नै हाले जसरी नै अब समृद्धिको यात्रामा पनि उनीहरुकै सहभागिताबाट गन्तव्यमा पुग्न मद्दत हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हामी ‘समृद्ध नेपाल : सुखी नेपाली’ को नारा लिएर अघि बढिरहेका छौँ । यसलाई यथार्थमा बदल्नु छ भने हामीले अबका युवालाई राजनीतिका क्षेत्रमा चेतनशील बनाउन जरुरी छ । युवालाई भविष्यको कर्णधारमात्र होइन वर्तमानको साझेदार ठान्नु नै उनीहरुको अस्तित्व स्वीकार गर्नु हो । उनीहरुलाई न्याय दिनु हो र समृद्धिको बाटोमा अघि बढ्नु हो ।

युवापुस्तासँग भोलिको परिकल्पना नंभएको हैन । आफ्नो परिकल्पना साकार पार्ने अवसरमात्र कम भएको हो । विसं ०६२–०६३ को आन्दोलनदेखि नै चर्चामा आएको राजनीतिमा पुस्तान्तरण नभएकैले वर्तमान राजनीतिमा सक्षम र परिपक्व नेतृत्वको कमी भएको हो । तसर्थ पुस्तान्तरणले पनि  राजनीतिमा युवा सहभागिता बढाउन  मद्दत पुग्छ ।

Global Ime bank

सचेत युवाले राजनीतिलाई पाखा लगाउने कि यसलाई अँगाल्ने ? राजनीतिलाई विकास र समृद्धिको बाटामा अग्रसर हुने माध्यम बनाउने कि देशको ढुकुटी रित्याउने माध्यम ठान्ने ? यसलाई असफल व्यक्ति जाने ठाउँ बनाउने कि अब्बल नेतृत्व विकास गर्ने ठाउँ बनाउने ? यसलाई नीतिहरुको मूल नीति बनाउने कि फोहोरी खेलमा परिणत गर्ने ? यो सबै हामीमा भरपर्ने विषय हो । अब युवाले सधैँभरि हाम्रा पुर्खाको गुण गाइरहने हैन । आउने पुस्ताका लागी सुनौलो युग हस्तान्तरणको वातावरण बनाउन लाग्नुपर्छ । त्यसैले राजनीतिमा हामीले सक्षम र परिपक्व युवा नेतृत्वको विकास नगर्नु भविष्यमा देशले पाउने राजनीतिक नेतृत्वमा पनि संकट ल्याउनु हो ।

युवा सहभागिताले नै  समृद्ध नेपालको सपना साकार पार्न सक्छ । त्यसका लागि हामीले राजनीति फोहोरी खेल हो भन्दै पन्छिने हैन फोहोर पोखरीमै पसेर सफा गरेर निस्किने आँट भएको युवा हुनु जरुरी छ । प्रत्येक राजनीतिक सङ्गठनहरुले राजनीतिक चेतना भएका तर स्वतन्त्ररूपमा सहीलाई सही र गलतलाई गलत भन्न सक्ने सामथ्र्य बोकेको युवालाई अवसर दिनु जरुरी छ । त्यसले नै देशलाई समृद्धिको बाटोमा अघि सार्छ । युवा सहभागिताले नै राजनीतिलाई प्रधान नीति बनाउन मद्दत गर्छ र देशलाई समृद्धिको बाटोमा अघि बढाउँछ । (नेपाल ल क्याम्पस) 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC