काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले ट्विट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका छन् ।
कोरोना भाइरसको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै अध्यक्ष थापाले केही दिन यता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।
“कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइको कारण कोभिड-१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ । अवस्था सामान्य छ । केही दिन यता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु,” अध्यक्ष थापाले लेखेका छन् ।