site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फालाई एएफसीले दियो ग्रासरुट सदस्यता
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसियाली फुटबल महासंघ ९एएफसी० ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई एएफसीका महासचिव डाटो विन्डसर जोनले लेखेका छन्, “हामी तपाईंलाई यो कुरा बताउन खुसी छौं कि एन्फाले ग्रासरुटस  चार्टर ब्रोन्ज लेभेलको कांस्य तहको सदस्यताका लागि तपाईंको आवेदन एएफसी ग्रासरुट्स प्यानलले स्वीकृत गरेको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसलाई एन्फाको कडा परिश्रमको मान्यता भएको बताएका छन् । “यो नेपाली फुटबलको इतिहासमा ठूलो उपलब्धी हो । हाम्रो कडा मेहनतको फल पाएका छौं । यसले नेपाली फुटबलको विकासका लागि कडा मेहनत गर्ने बल पाएको छ,” शेर्पाले भने ।

एन्फाका उपाध्यक्ष तथा ग्रासरुट्स र युवा संयोजक उपेन्द्र मान सिंहले यसलाई नेपाली फुटबलको माइलस्टोनको रुपमा व्यख्या गरे । उनले भने, “हामीले हाम्रो फुटबलको जग बलियो राख्नु महत्त्वपूर्ण छ र ग्रासरुट  विकास विना हामीलाई थाहा छ हाम्रो जग कमजोर हुनेछ ।”

Global Ime bank

उनले यस वर्ष कोरोना महामारीले निकै प्रभाव पारेपनि यस सदस्यताले एन्फा र ग्रासरुटका खेलाडीलाई नयाँ उत्साहको अनुभूति दिनेछ विश्वास व्यक्त गरे । त्यस्तै ग्रासरुट्स म्यानेजर मनोज रंजीतले यो उपलब्धि करिब दुई बर्षको कार्यको परिणाम भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC