site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बक्स अफिसको अनुपस्थितिले चलचित्रको व्यापार र भविष्य अस्पष्‍ट 
Ghorahi CementGhorahi Cement

एजेन्सी । करिब सात महिनाको बन्दाबन्दी पछि भारतमा हलहरु पुनः खोल्न अनुमति दिइसकेको छ । यद्यपि निर्माताहरुलाई ठूला बजेटका चलचित्र हलमा रिलिज गर्न अझै समय लाग्ने देखिन्छ ।

पछिल्लो सात महिनामा धेरै चलचित्र सीधै ओटीटी प्लेटफर्ममा जान थालिसकेको छन् । कति कलाकारहरु यो डिजिटल प्लेटफर्मले चलचित्र हेर्ने अनुभवलाई ‘प्रजातान्त्रिक’ बनाएकामा खुसी पनि छन् । तर यता निर्माताहरुलाई भने यसले अन्योल बनाएको छ । बक्स अफिसको तथ्य हेर्न नपाउँदा डिजिटल प्लेटफर्ममा रिलिज भएका आफ्ना चलचित्रको सफलता वा असफलताको अनुमान गर्न उनीहरु असमर्थ भएका छन् ।

हलहरु पुनः सञ्चालनमा आए पनि एकपटकमा कति दर्शकले चलचित्र हेर्न सक्छन् भन्ने अनुमान गर्न नसक्दा अन्योल उत्पन्‍न भएको चलचित्र निर्माता मधुर भण्डाकर बताउँछन् । उनी भन्छन्, “यो एकदमै सत्य हो कि अहिलेको अवस्था एकदमै निर्णय लिन नसकिनेछ । हलहरु खोले पनि तुरुन्तै सबै एकैचोटि हलमा जाने अवस्था छैन । यो विषय नसुल्झिएसम्म बक्स अफिसअनुसार चलचित्रले राम्रो गरेको छ वा छैन बुझ्‍न कठिन छ । किनभने उनीहरुले निश्चित डाटा सेयर गर्दैन, यद्यपि उनीहरुसँग चलचित्र वा शो कतिसम्म राम्रो गर्‍यो भनेर निर्धारण गर्ने तरिका छ ।”

Agni Group

भण्डाकारका अनुसार अहिले वर्ड अफ माउथ र सामाजिक सन्जालका कमेन्ट र म्यासेज नै दर्शकको चलचित्रप्रतिको प्रतिक्रिया बुझ्ने माध्यम भएको छ । आफ्नो चलचित्रले कस्तो गर्‍यो भन्ने कुराको जानकारी निर्माताहरुलाई आवश्यक हुने कुरामा चलचित्र निर्माता कृष्ण डीके जोड दिन्छन् ।

उनी यसको महत्त्वबारे प्रस्ट्याउँदै भन्छन्, “मलाई सबैभन्दा मननपर्ने पक्ष भनेको कसैले चलचित्र राम्रो छ भन्छ तर चलचित्रले पैसा कमाउँदैन । यस्तोमा तपाईंको चलचित्र कति जनाले हेरे भन्ने जानकारी मात्रै बक्सको डाटाले दिन्छ ।” यद्यपि वेब प्लेटफर्ममा रिलिज हुँदा पनि चलचित्र र शो कतिको सफल भइरहेको छ वा छैन भन्ने अनुमान निर्देशक तथा निर्माताले गर्न सक्ने पनि डीके बताउँछन् ।

Global Ime bank

“स्टुडियो र ओटीटी प्लेटफर्मले डाटा सार्वजनिक गर्दैन, तर चलचित्र धेरै दर्शकले हेरिरहेका छन् वा यस्ले राम्रो गरिरहेको छ भन्‍ने जानकारी उनीहरुले हामीलाई दिन्छ । त्यसैले १००-२०० करोड संख्या नहुँदा अहिलेको लागि हामीले सामाजिक सन्जालका प्रतिक्रियाहरुमा निर्भर हुनुपर्नेछ,” डीके थप्छन्, “यो राम्रो पक्ष हो कि सबै चलचित्रले बराबर एक्सपोजर पाइरहेका छन् र हिट र फ्लपका आधार संख्या बनेको छैन ।”

यस्तै भावनालाई प्रतिबिम्बित गर्दै चलचित्र निर्माता कुणाल कोहली चाँडै वेब प्लेटफर्महरुले चलचित्रको भाग्य निर्धारण गर्न राम्रो प्रणाली ल्याउनेमा आाशावादी सुनिए । “वेब प्लेटफर्मको धेरै हेरिएको विधामा गएर हामीले हाम्रो चलचित्रले कस्तो गर्‍यो भन्‍ने अनुमान गर्न सक्छौं । यस्तै हामीले पछिल्लोपटक रिलिज भएका चलचित्रहरुको प्रतिक्रिया सामाजिक सन्जालमा  देख्‍न पाउछौं । पक्कै पनि म त्यहाँ अझै सटिक संख्याको आशा गरिरहेको छु, तर त्यसो नभएसम्म यो प्राणलीले पनि काम गरिरहेको छ,” उनी भन्छन् ।

त्यस्तै, बक्स अफिसले मात्रै चलचित्र हिट भए वा फ्लप भन्ने कुराको स्पष्ट जानकारी दिने ट्रेड विशेषज्ञ तरण आदर्श विश्वास गर्छन् । उनी भन्छन्, “चलचित्र वा शो ले लगानी उठायो वा छैन भन्ने अनुमान गर्न गाह्रो हुन्छ । ओटीटी प्लेटफर्मले अन्तर्राष्ट्रियस्तरमा संख्या सार्वजनिक गर्दैन । उनीहरुसँग ट्रेन्डिङ चलचित्र र शो को सेक्सन मात्रै छ । तर अहिल्यै, हामीले धेरै प्रश्न उठाउन सक्दैनौं किनभने हामी एकदमै अप्ठ्यारो परिस्थितिमा छौं ।”

यद्यपि चलचित्र निर्माता सोनाली बोस भने केही फरक विचार राख्दै यो अस्पष्टतालाई स्वागत गर्छिन् । उनका अनुसार दर्शकको प्रतिक्रिया नै अन्तिम कारक हुनुपर्छ । उनका अनुसार त्यस्ता कैयौं राम्रा विषयका चलचित्रहरु छन् जसले बक्स अफिसमा राम्रो गर्न सक्दैन तर दर्शकले रुचाएका हुन्छन् ।

उनी भन्छिन्, “अहिले हलहरु फेरि खोल्दा पनि, दर्शकलाई आफ्नो चलचित्रतर्फ आकर्षित गर्न कुनै किसिमको व्यावसायिक प्रचार वा प्रलोभन देखाउनु हुँदैन । दर्शकहरुले कुन चलचित्र हेर्ने भनेर आफैं निर्णय गर्न दिनुपर्छ । त्यसैले म यो अस्पष्टता वा अन्योललाई पूर्ण समर्थन गर्दछु र यसबारे अन्यन्तै उत्साहित छु ।” -हिन्दुस्तान टाइम्स

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC