site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

देशको सबैभन्दा पाको राजनीतिक दल नेपाली कांग्रेसले ‘चीनले सीमा मिचेको’ विषय अलि अपरिपक्व शैलीमा उठाएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका संसदीय दलका नेताको नेतृत्वमा गएको एउटा टोलीले हुम्ला जिल्लाको केही नेपाली भूभाग चीनले कब्जा गरेको प्रतिवेदन हालै सार्वजनिक भएको छ । त्यही टोलीको प्रतिवेदनका आधारमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताले विज्ञप्ति प्रकाशित गरी सीमा मिचिँदा पनि मौन रहर सरकारले ‘राष्ट्रघात’ गरेको आरोप लगाएका छन् । हुम्लामा चीनले करिब दुई किलोमिटर सीमा मिचेको दाबी कांग्रेसले गरेको छ । हुम्लामा नेपाली सीमा मिचिएको स्थानीय जनताले गरेपछि सरकारले स्थानीय प्रशासनलाई त्यसको छानबिन गर्न खटाएको थियो । छानबिनको प्रारम्भिक जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारीलाई २४ घन्टे स्पष्टीकरण सोधेर सरकारले सुरुमै जनमानसमा सन्देह बढाएको हो । त्यसपछि परराष्ट्रमन्त्रीले हतारमा चीनले सीमा नमिचेको दाबी गरेका दिए । अर्थात्, सरकारले अपरिपक्व शैली अपनायो ।

सरकारले सीमा मिचिएको अस्वीकार गरेपछि कांग्रेसको टोलीले सीमा क्षेत्रको भ्रमण गरेर हुम्लामा पर्ने ५ देखि १२ सम्म नम्बरसम्मका  सीमा स्तम्भहरूको स्थलगत अवलोकन अध्ययनपछि चीनले करिब दुई किलोमीटर नेपाली भूमि मिचेको निष्कर्ष निकालेको हो । यही आधारमा प्रमुख विपक्षले सरकारसँग तत्काल आफ्नो धारणा सार्वजनिक गर्न र राष्ट्रको साझा धारणा बनाई चीन सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाउन तथा कूटनीतिक संवादबाट समाधान खोज्न माग गरेको छ । नेपालको सीमा मिचिएको विषयमा प्रमुख विपक्षले देखाएको तदारुकताले राष्ट्रिय भूभाग जोगाउन सहयोग पुग्छ । यस्तो पहरेदारीले सरकारलाई पनि हानि हुँदैन । तर, देशको सबैभन्दा पाको राजनीतिक दलले अल्लारे शैलीमा सरकारमाथि ‘राष्ट्रघात’को अरोप लगाउनु भने सुहाउँदैन । चीन सरकारको सीमा मिच्ने नियत नभए पनि स्थानीय प्रशासनले नेपालको भूभाग जानेर वा नजानीकन कब्जा गरेको हुनसक्छ । यस्तै, सरकारको पनि राष्ट्रघात नै गर्ने नियत नहुन सक्छ । यसैले अहिले नै निष्कर्ष निकाल्नु हतार हुनेछ । चीनको चित्त दुखाउने गरी नेपालमा कुनै होहल्ला गर्नु उचित हुँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतविरुद्ध विगतमा गरिएका अपरिपक्व विरोधहरू नेपालकै लागि प्रत्युत्पादक भएको हेक्का राख्नुपर्छ । यसैगरी सरकारी पक्षले पनि चीन खुसी पार्नकै लागि राम्ररी अध्ययनै नगरी ‘‘सीमा मिचिएकै छैन’’ भनेर ढोकुवा गर्दा भोलि वार्ता गर्नुपर्दा आफ्नै पक्ष कमजोर हुने बिर्सनु हुँँदैन । दुई देशका सत्तारुढ दलहरूबीच जति नै निकट सम्बन्ध भए पनि देशको भूभागको मूल्यसँग त दाँजिन सक्तैन नि ! विपक्षले सीमाजस्तो गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराउनु उचित हो तर त्यसका लागि कूटनीतिक अप्ठेरो पर्ने गरी चर्काउने वा उत्तेजना फैलाउने शैली अपनाउनु राष्ट्रको हितमा हुँदैन । अतः सरकारले विपक्षलाई पनि विश्वासमा लिई यथाशीघ्र उच्चस्तरीय अध्ययन टोली बनाएर स्थलगत अध्ययन गरी कुनै समस्या भए चीनसँग वार्ता गर्ने अग्रसरता देखाओस् । यस्ता घटनाले दुई देशबीच अविश्वास र सन्देह बढाउने हुनाले सकेसम्म चाँडै जनतालाई आश्वस्त बनाउनुपर्छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC