site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एप्पलद्वारा आइफोनका चार नयाँ मोडल लन्च
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज लन्च गर्दै चार नयाँ मोडल बजारमा ल्याएको छ । एप्पलले मंगलबार ‘डिजिटल इभेन्ट’ यसको घोषणा गरेको हो । एप्पलले आइफोन १२ का ह्‍यान्डसेट फाइभ जी नेटवर्कले सज्जित हुने पनि पुष्टि गरेको छ ।

एप्पल प्रमुख टिम कुकले भने, “हामी आइफोनको आफ्नो पूरै लाइनअपमा फाइभ जी ल्याउँदै छौं । यो आइफोनका लागि नयाँ युगको सुरुवात हो ।” एप्पलले आइफोन १२  (६४, १२८, २५६ जीबी स्टोरेज), आइफोन १२ : मिनी (६४, १२८ र २५६ जीबी स्टोरेज) का साथै आइफोन १२ प्रो (१२८, २५६ र ५१२ जीबी स्टोरेज), आइफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जीबी स्टोरेज) लन्च गरेको छ ।

कति पर्छ मूल्य ?
यी मोबाइल फोनको मूल्य झन्‍डै ७० हजारदेखि एक लाख ३० हजार भारतीय रुपैयाँको बीचमा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आइफोन १२ मिनीको मूल्य ६९ हजार नौ सय, आइफोन १२ को मूल्य ७९ हजार नौ सय, आइफोन १२ प्रोको मूल्य एक लाख नौ हजार नौ सय र आइफोन १२ प्रो म्याक्सको मूल्य एक लाख २९ हजार नौ सय भारतीय रुपैयाँ छ ।

६४ जीबी स्टोरेज भएको आइफोन १२ मिनीको मूल्य भारतमा ६९ हजार नौ सय रुपैयाँ हुनेछ । तर, यही फोन यदि तपाईंले २५६ जीबी स्टोरेज भएको खरिद गर्दा मूल्य बढेर ८४ हजार नौ सय रुपैयाँ हुनेछ ।

Global Ime bank

त्यस्तै ५१२ जीबी स्टोरेज भएको आइफोन १२ प्रो म्याक्सको मूल्य एक लाख ५९ हजार नौ सय रुपैयाँ हुनेछ ।

आइफोन १२ मिनी फाइभ जी प्रविधियुक्त विश्वको सबैभन्दा सानो फोन हो ।

कहिलेसम्म बजारमा आउँछ ?
विश्‍वभर आइफोन १२ मिनीका लागि प्रि-अर्डर नोभेम्बर ६ बाट सुरु हुनेछ भने नोभेम्बर १३ बाट उपलब्ध हुनेछ । आइफोन १२ र आइफोन १२ प्रोको प्रि-अर्डर अक्टोबर १६ बाट सुरु हुने भने अक्टोबर २३ बाट पाइनेछ । यस्तै आइफोन १२ प्रो म्याक्सको प्रि-अर्डर नोभेम्बर १३ बाट सुरु भएर नोभेम्बर २० बाट बिक्री सुरु हुनेछ ।

तर, भारतमा यी नयाँ आइफोन कहिलेबाट बिक्री वितरण हुने भन्‍नेबारे कुनै जानकारी नभएको बीबीसीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC