site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्‌बीच सम्झौता
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ सरकार मातहतको मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्‌बीच सम्झौता भएको छ । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा भर्चुअल छलफलपछि अनलाइनमार्फत नै विश्वविद्यालयका प्रमुख डा. सुवास पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुनबीच सम्झौता भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले बताए । उनले भने,“दुबै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नविनतम क्षेत्रमा अनुसन्धान गर्नेछन् ।” मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य श्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख गरिएको छ । 

सम्झौताअनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्नेछ । सम्झौता कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताए । उनले भने,“अनुसन्धानको जग बसाउने काम सुरु भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने छ ।” 

Global Ime bank

राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताए । उनले सिर्जजनशील र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरी उद्यमी बन्‍न सक्ने बताए । 

उनले भने,“अनुसन्धान कार्यमा कन्जुस्याइ गर्न हुँदैन ।” सम्झौता कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यायका प्रमुख डा. सुवास पोखरेल, नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलगायतले मन्तव्य राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC