site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पेन्टिङमार्फत बलात्कारविरुद्ध विद्रोह !
Sarbottam CementSarbottam Cement

काठमाडौं । बझाङमा असोज ७ गते १२ वर्षीया सम्झना कामीको बलात्कारपछि निर्मम रुपमा हत्या भयो । यो खबर बाहिरिएसँगै सञ्‍चारमाध्यमदेखि सामाजिक सन्जाल र सडकमै नाराबाजी र आक्रोश पोखिन थाले ।

ठीक त्यस्तै जसरी दुई वर्षअघि बलात्कारपछि हत्या भएकी अर्की बालिका निर्मला पन्तको घटना पनि सञ्‍चारमाध्यममा उसै गरी आए । यतिबेला महिला राष्ट्रपति भएको देशमा दिनानुदिन निर्दोष बालिकाहरू बलात्कारपछि हत्याको सिकार बनिरहनुपरेको छ भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

सरकारले यस्ता संवेदनशील विषयलाई महत्त्वका साथ सम्बोधन गर्न छोडेर सत्तामोहमै केन्द्रित भइरहेको बेला चित्रकारहरूले पनि कुची र रङले क्यानभासमा यसको विद्रोह जनाइरहेका छन् । चित्रकला सजावटको सामान मात्रै नभई समाजमा भइरहेका घटनालाई प्रस्तुत गर्ने र त्यसमा आवाज उठाउने राम्रो माध्यम पनि भएको भन्दै चित्रकारहरूले आफ्नो कलामार्फत विरोध र जनचेतना जगाइरहेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

०००

एक महिला रुखमुनि लडिरहेकी छिन् । एक हातले अनुहार त अर्को हातले आफ्नो शरीर गुलाबी कपडाले छोपिरहेकी छिन् । अर्कोपट्टि ती महिलाले शरीर ढाक्न ओढेको त्यही कपडा दुवै पञ्‍जा फैलाउँदै उड्दै आएको ठूलो गिद्दले आफ्नो ठुँडले तान्‍न खोजिरहेका छन् । उसको छेउमै अर्को गिद्द पनि ती लडिरहेकी महिलालाई आक्रमण गर्न उनीछेउ आइपुग्नै लागेको छ ।
 
अनिशा महर्जनले क्यानभासमा उतारेको यहि दृश्य अहिले देशका विभिन्‍न ठाउँमा भइरहेको दृश्यको एक झलक मात्रै हो । उनले महिलालाई लुछ्न खोज्दै गरेका गिद्दहरूलाई ती राक्षसरुपी बलात्कारीका रुपमा प्रस्तुत गरेकी छिन्, जसले आफ्नो यौन सन्तुष्टि मेट्न आफ्नै छोरी, दिदी-बहिनीमाथि कुदृष्टिले हेर्छन् ।

Global Ime bank

“यो कुनै एक देशको मात्रै नभई पूरै विश्वभरिकै महिला, बालिका, आमाहरूको कथा हो । टीभी खोल्दा होस् या फेसबुक हेर्दा आफ्नै बुबा, हजुरबुबाबाट एक अवोध बालिकाको बलात्कारपछि हत्या भयो भन्‍ने मात्रै सुनिन्छ,” चित्रकार अनिशा भन्छिन्, “दिनदिनै यस्तो घटना कम हुनुको साटो झनै बढ्न थालेपछि एक कलाकारको नाताले यसको विद्रोह कसरी गर्ने त भन्दा पेन्टिङ नै थियो । त्यसैले मैले यो पेन्टिङ बनाएकी हुँ ।”

उनी लकडाउनपछि हुने आफ्नो एकल प्रदर्शनीका लागि भन्दै यो पेन्टिङ बनाउँदै थिइन् । तर अहिले यसको प्रदर्शनी समयसान्दर्भिक लागेर उनले केही दिनअघि मात्रै तयार पारेको यो पेन्टिङ आफ्नो फेसबुक वालमा पोस्ट्याइन् । उनी आफ्नो यो पेन्टिङले भोलिका दिनमा यस्ता घटनामा कमी ल्याउन सानो भए पनि मद्दत मिलोस् भन्‍ने आशा गर्छिन् ।

०००

न्युड आर्टिस्ट कपिलमणि दीक्षितका दुई सुन्दर छोरी छन् । तर सम्झनाजस्ता अवोध बालिकाहरूको घटनाले उनको मनमा डर पैदा हुन थालेको छ । “आजभोलि समाचार सामाजिक सन्जाल हरेकमा अवोध बालिकाहरूको बलात्कारपछि भएको निर्मम हत्याबारे मात्रै सुनिन्छ । आजकल हाम्रा नानीहरू कतै सुरक्षित नै नभएको देख्दा म दुई छोरीको बुबा भएको नाताले केही डर अनि चिन्ता लाग्‍न थालेको छ ।” उनी आफ्नो मनमा पैदा भएको चिन्ता र डर सुनाउछन् ।

उनले पछिल्लो समय बढ्दै गइरहेको बलात्कार (चाइल्ड रेप) लाई चित्रण गर्न खोजेका छन् । उनले क्यानभासको बीचमा रातो रङ पोखेका छन् । त्यसमाथि एक नग्‍न बालिका रातो रङकै खेलौना च्यापेर बसिरहेकी छिन् । अनि ती बालिकाको वरिपरि कालो अनि सेतो काग र पुरुषहरू झुमिएर उसलाई छुन खोजिरहेका छन् ।

आफ्नो पेन्टिङबारे प्रस्ट्याउँदै उनी भन्छन्, “कागलाई मैले ती घृणित बलात्कारीका रुपमा प्रस्तुत गरेको छु । भने वरिपरि भएका पुरुषहरू ती हुन् जसले ती बालिकाको सहयोग गर्नुको साटो रमिता हेरेर ती अबोध नानीलाई विचरा भन्दै चुकचुकाउछन् तर सहयोग गर्न आउँदैनन् ।”

यो कलाकार दीक्षितले बनाउँदै गरेको ‘अन टोल्ड स्टोरिज’ शीर्षक सिरिजको पेन्टिङमध्येको एक हो । यसअन्तर्गत उनी ९० वटा पेन्टिङ तयार पार्ने सोचमा छन् । जसमा ४० वटा जति कोरिसकेका छन् ।

०००

असोज ७ गते बझाङकी १२ वर्षीया सम्झना कामीको घटनापछि चर्किएको बलात्कारविरुद्धको आवाजका रुपमा चित्रकार रशना वज्राचार्यले पनि सामाजिक सन्जालमा आफूले कोरेरको एउटा चित्रकला सेयर गरिन् ।

यो प्रतिकात्मक चित्र उनले तीन वर्षअगाडि नै कोरेकी हुन् । तर आज पनि यो चित्र उत्तिकै समयसान्दर्भिक छ भन्नुपर्दा उनी दुखी हुन्छिन् । किनभने हाम्रो समाजमा, देशमा यस्ता घटना कम हुनुको साटो दिनानुदिन बढ्दै गइरहेको छ ।

उनले पुरुषको यौनाङ्‍गमा गोहीका जस्ता तिखा-तिखा दाह्रा कोरेकी छन् । भने अण्डकोशलाई दिमागी रुप दिएकी छिन् । त्यसको छेउछेउमा फरकफरक उमेरका केटीहरू रगतमा लट्पटिएर चिच्याइरहेका छन्, जसले बलात्कारको सिकार एक उमेर समूहको महिलाहरू मात्रै नभई भर्खरै बामे सर्न संघर्ष गरिरहेकी सानी नानीदेखि ५०/६० वर्ष पुगिसकेकी हजुरआमा पनि भइरहेका छन् भन्‍ने देखाउँछ ।

“मैले पुरुषको यौनाङ्‍गलाई राक्षसको रुप दिएको छु । त्यसैले त्यसमा तिखा दाह्रा र बलात्कारी पुरुषको दिमाग हुँदैन उसले आफ्नो यौन चाहना पूरा गर्न जस्तो हदसम्म पनि गिर्न सक्ने र सही-गलत छुट्याउन नसक्ने भएकाले उसको दिमागलाई अण्डाशयमा देखाउन खोजेको छु ।”

उनले यो चित्रकला बलात्कार केटी स्वयंका कारणले हुने हो भनेर आरोप लगाउने आम (पुरुष) मानसिकताप्रति प्रतिकार स्वरुप प्रस्तुत गरेकी हुन् “कतै चोरी भयो भने आरोपीले सजाय पाउँछ । तर बलात्कारका घटनामा भने बलात्कारीलाई सजाय दिनु त कता हो कता उल्टै पीडित महिलाकै गल्ती होला, केटीले नै उक्साएको होला भन्‍ने आरोप सुनिन्छ । तर त्यो केटीको गल्ती भन्दा पनि त्यो मान्छेको घृणित सोच हो भनेर यो पेन्टिङमार्फत देखाउन खोजेको छु ।”

०००

नारीलाई प्रकृतिसँग तुलना गरेर चित्रकार तीर्थ निरौलाले क्यानभासमा नग्‍न महिलाहरूलाई प्रस्तुत गरेका छन् । तर यसको मतलब ती महिलाले पुरुषलाई नराम्रो कामका लागि उक्साउन नखोजेको पनि उनले प्रस्ट्याएका छन् । 

महिलाले छोटो लुगा लगाएर बलात्कारको घटना भएको भन्‍ने गलत मानसिकतालाई चिर्दै निरौला भन्छन्, “महिलाले अंग देखिने छोटा लुगा लगाएर बलात्कारको केस बढेको भन्‍ने सोच एकदम गलत हो । त्यसो हो भने त गाउँघरतिरका हाम्रा छोरीचेली, आमाहरू कहिले बलात्कारको सिकार नै हुन नपर्ने हो नि होइन र ?” उनी प्रश्न गर्छन् । महिलाहरूले लगाउने पहिरनका कारण भन्दा पनि आपराधिक सोचका कारण यस्ता जघन्य अपराधहरू भइरहेको निरौला बताउँछन् ।

उनको यो पेन्टिङ विगत केही दिनदेखि अनलाइनमार्फत भइरहेको एकल कला प्रदर्शनीमा राखिएका चित्रकलाहरूमध्ये हुन् । क्लसिक ग्यालरीमा ‘आइसोलेसन’ शीर्षकमा भइरहेको प्रदर्शनीमा उनको यो चित्रकला हेर्न सकिन्छ । यसलाई उनले महिला स्वतन्त्रताको शीर्षकमा सामेल गरेका छन् । महिलाहरू आधुनिकतासँगै पहिरनदेखि हरेक कुरामा स्वतन्त्र र आत्मनिर्भर हुन खोजिरहेको र त्यो स्वतन्त्रताको गला यस्ता आपराधिक मानसिकताले ननिमोठिदिन आग्रह उनले गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC