site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अविश्‍वासको प्रस्तावबाट माधव नेपालसमूह फिर्ता, मन्त्रीमा मिल्यो कुरा
Ghorahi CementGhorahi Cement

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अघि सारिएको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह फिर्ता भएको छ ।

मङ्‍गलबार बिहान बसेको नेता नेपाल पक्षधर सांसद र केन्द्रबाट खटिएर गएका नीरज आचार्यसहितको छलफलबाट अविश्‍वासको प्रस्तावबाट पछि हट्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

Agni Group

नेपाल समूहले हस्ताक्षर फिर्ता लिएपछि आज बोलाइएको संसदीय दलको बैठक बिलखबन्दमा परेको छ । नेता नेपाल पक्षका सातजना हस्ताक्षरकर्तापछि हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यामलाल कँडेलको समूह एकछिन भेला भएर हिँडेका छन् । कँडेल समूहका आठ नेताले अविश्वासको प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए ।

नेता नेपाल समूहसँग मन्त्रिपरिषद् पुनर्गठनमा कुरा मिलेको बताइएको छ । प्रदेशमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय रिक्त थियो । नेपालनिकट भौतिकमन्त्री खड्गबहादुर खत्री बैंकिङ कसुरमा मुछिएपछि मुख्यमन्त्री शाहीले बर्खास्त गरेका थिए । अर्को मन्त्री नियुक्त नगरी आफैं मातहत राखेपछि विवाद चर्किएको थियो । त्यही मन्त्रालय पूर्ति गर्ने कि, अरू पनि पुनर्गठन गर्ने भन्‍ने समझदारी नजुटिसकेको र केन्द्रबाट निर्देशनको प्रतीक्षामा रहेको एक नेताले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC