site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जोगबनी गएर किनमेल गरे १४ दिन अनिवार्य क्‍वारेन्टिन बस्नुपर्ने
Ghorahi CementGhorahi Cement

विराटनगर । विराटनगरमा नेपाल-भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्‍याएर आउने-जाने नागरिकबाहेकलाई आउजाउमा पूर्णत: बन्देज लगाइएको छ । तर, दसैंको बहाना बनाएर सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गइ किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ ।

मुख्य नाकामा ढाट लगाए पनि चोरबाटोबाट मानिसहरु जोगवनी गइ किनमेल गर्न थालेपछि स्थानीय प्रशासनले जुक्ति लगाएको छ- ‘पारिबाट आउनेलाई नाकामै नियन्त्रणमा लिने र १४ दिने क्‍वारेन्टिनमा पठाइ दिने, पीसीआर परीक्षण गरेर मात्र घर जान दिने’। भारततर्फ जाने नागरिकले प्रशासनको इजाजत लिनुपर्छ । तर, पछिल्लो केही समययता सुरक्षाकर्मीको समेत आँखा छलेर भारत जानेहरुलाई निगरानी गर्ने, सीमामै रोक्ने र अटेर गरी भारत पुग्‍नेलाई पक्राउ गरी क्वारेन्टिनमा पठाउने क्रम सुरु भएको छ । 

Agni Group

जिल्ला प्रहरी कार्यालय मोरङले दुई दिनयता मात्र भारत गइ चोर-बाटोबाट नेपाल फर्किँदै गरेका ८४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमध्ये ४५ जनालाई परिवारसँगको समझदारीमा होम क्वारेन्टिनमा पठाइएको छ । बाँकीलाई सीमा क्षेत्रमै विराटनगर महानगरपालिकाले सञ्‍चालन गरेको होल्डिङ सेन्टरमा ल्याइ पुनः सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ । 

कतिपय व्यापारीले जोगबनीबाट सामान ल्याएर गाउँगाउँसम्म बिक्रीका लागि लग्‍ने कामसमेत गरिरहेको सूचनाको आधारमा प्रहरीले निगरानी र नियन्त्रण लिने क्रमलाई बढाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् । 

Global Ime bank

प्रदेश १ को जोगबनी, भन्टावरी, काँकडभिट्टा र पशुपतिनगर नाकाबाट सरकारी अनुमतिमा नेपाल-भारत आउजाउ गर्न पाइन्छ । अन्यत्रबाट आउजाउ गर्न रोक लगाइएको छ । विराटनगरको इस्लामपुर, दरैयाबस्ती, विराटनगर–१६ को दक्षिण गेट क्षेत्रबाट लुकीछिपी भारत जाने र किनमेल गरी फर्किनेलाई प्रहरीले कारबाहीस्वरुप पक्राउ गरी अनिवार्य क्वारेन्टिनमा पठाउन सुरु गरेको हो । 

मोरङको ६३ किलोमिटर क्षेत्रमा रानी नाकासहित ३६ नाका छन् । झापाबाट पानीटंकी नाका र सिलीगुडी जानसमेत कडाइ गरिएको छ । 

धेरै नेपाली कोरोना संक्रमणभन्दा अगाडि जोगबनी गएर किनमेल गर्न मन पराउने गरेकोमा अहिले भने नाका बन्द हुँदा सीमावर्ती जोगबनी बजारसमेत सुकेको छ । पारी जाने क्रम रोकिएसँगै विराटनगर बजारमा दसैं र चाडबाडको किनमेल गर्ने क्रम बढेको छ । बजारमा चहलपहलसमेत देखिन्छ । कोरोनाका कारण प्रदेश राजधानी विराटनगरमा मात्र ३ हजारभन्दा धेरै नागरिकमा संक्रमण पुष्टि भएको छ । २७ जनाको ज्यान गइसकेको छ । 

फाइल फोटो : जोगबनी नाका ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC