site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सरकारले लकडाउनको सोच बनाएको छैन, कात्तिक १ देखि भिड हुने सरकारी कार्यालय बन्द गर्न सुझाव आएको छ’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पहिलेकैजस्तो मुलुकव्यापी लकडाउनको सम्भावना नरहेको बताएका छन् । कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले बाह्रखरीले ज्ञवालीसँग लकडाउनको सम्भावनाबारे संङ्क्षिप्त कुराकानी गरेको थियो । जवाफमा ज्ञवालीले सरकारले अहिले त्यस्तो सोच नबनाएको, विकल्पका बारेमा विज्ञहरूको राय–सुझाव लिइरहेको बताएका हुन् ।

“अहिले लकडाउनका सम्बन्धमा केही पनि निर्णय भएको छैन । योजना पनि बनेको छैन । सरकार त्यसो गर्न पनि चाहँदैन,”उनी भन्छन्, “पछिल्लो समय काठमाडौंमा चुनौती थपिँदै गयो ।” उनले काठमाडौंमा चुनौती थपिनुमा तीन–चारवटा कारण रहेको औंल्याए । सार्वजनिक यातायातमा भिड बढेको र सङ्क्रमण फैलिएको हुनसक्ने उनले औंल्याए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै बजार क्षेत्र, सडकमा हुने धर्ना, नाराबाजी, जुलुस आदिले पनि सङ्क्रमण फैलाउन मद्दत गरेको उनको भनाइ छ । 

“यी सबै कारणले कुल सङ्क्रमितको ६० प्रतिशतभन्दा बढी उपत्यकाकै भएको र यो चुनौतीपूर्ण देएिको छ,” उनले बाह्रखरीसँग भने, “यसबारे हामीले विभिन्न कोणबाट अध्ययनहरू गरिरहेका छौं । विज्ञका सुझाव लिइरहेका छौं । अहिले पनि हाम्रो विश्वास, स्वास्थ्य प्रोटोकल पालना भयो भने, सङ्क्रमितहरूलाई आइसोलेट गरेर राख्न सक्ने हो भने नियन्त्रणभित्रै छ । यही क्रम बढ्दै गए सङ्क्रमितहरूको सङ्ख्यामा गुणात्मक वृद्धि आउँछ । योप्रति चिन्ता हो । तथापि, लकडाउनको सोच बनेको भने छैन ।”

Global Ime bank

उनले कात्तिक १ गतदेनि सेवाग्राहीहरूको घुइँचो लाग्ने सरकारी कार्यालय बन्द गर्ने कि भनेर पनि सुझाव आएको बताए ।

“सेवाप्रदायक कार्यालयहरूमा भिड बढेको छ । त्यसलाई केही ढिला गर्दैमा बिग्रिइहाल्दैन भनेर पनि सुझाव आएका छन् । सबै कार्यालय बन्द गर्ने होइन । केही सेवा पर सार्ने कि भनेर छलफल चलिरहेको छ । सुझाव लिइरहेका छौं । कुनै निष्कर्षमा पुगिसकेका छैनौं,” उनले भने ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC