site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 डा. फाउचीले भने - ट्रम्पको चुनावी अभियानले मेरो टिप्पणी गलत रुपमा प्रयोग गर्‍यो
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकाका उच्च सरकारी वैज्ञानिक तथा सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आफूले फरक सन्दर्भमा बोलेको कुरालाई गलत सन्देश जाने गरी सम्पादन गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा प्रयोग भएको बताएका छन् ।

ट्रम्पको चुनावी अभियानले बनाएको ३९ सेकेण्डको विज्ञापनमा डा. फाउचीले ‘अरु कसैले यति राम्रो गरेको कल्पना गर्न सक्दिन’ भन्दै गरेको सुनिन्छ र सो कुरा कोरोना भाइरसविरुद्धको अभियानमा ट्रम्पका लागि लागु हुने गरी प्रयोग भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डा. फाउचीले आफू र स्वास्थ्य अधिकारका लागि बोलेको कुरा ट्रम्पको चुनावी अभियानले राष्ट्रपति ट्रम्पलाई लागु हुने गरी गलत रुपमा प्रयोग गरेको हो ।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासलाई लिएर ट्रम्प र डा. फाउचीबीच लामो समयदेखि विवाद रहँदै आएको छ । डा. फाउची ट्रम्प प्रशासनको प्रयासलाई लिएर आलोचनात्मक छन् ।

Global Ime bank

समाचार संस्था एएफपीलाई पठाएको वक्तव्यमा डा. फाउचीले भनेका छन्, "पाँच दशक लामो मेरो सरकारी सेवामा मैले कहिल्यै पनि सार्वजनिक रुपमा कुने पनि राजनीतिक उम्मेदवारको पक्षमा वकालत गरेको छैन ।"

उनले अघि भनेका छन्, "मेरो स्वीकृति बिना ट्रम्पको चुनावी अभियानले फरक प्रशंगमा महिनौँअघि संघीय स्वास्थ्य अधिकारको प्रयासका सम्बन्धमा गरेको विस्तृत टिप्पणीलाई सम्पादन गरेर गलत सन्देश जाने गरी विज्ञापनमा प्रयोग गरेको छ ।"

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि व्हाइट हाउस टास्क फोर्सको एक प्रमुख सदस्यको रूपमा रहेका ७९ वर्षीय डा. फाउचीले ट्रम्पलेलाई पटकपटक सुधार्नका लागि प्रयास गरेका छन् । ट्रम्पको प्रायः जसो रोग वा उपचार र खोपको बारेमा गरेका दाबीहरुप्रति आफ्नो धारणा स्पष्ट पारेका थिए । - अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC