site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
महाव्याधिपछिको भूराजनीति

भविष्य ठ्याक्कै यस्तो हुन्छ भनेर भन्न सकिन्न जबसम्म त्यो वर्तमान हुँदैन । कोभिड–१९ पछिको विश्व कसरी बदलिन्छ भनेर पनि थोरै अनुमानमात्र लगाउन सकिन्छ । म यहाँ सन् २०३० कस्तो हुन्छ भन्ने विषयमा पाँच प्रकारका संभाव्य भविष्यका विषयमा छलफल गर्न खोज्दैछु । तर, यस बाहेकका संभावनालाई पनि पक्कै पन्छाउन सकिँदैन ।

विश्वव्यापी उदारवादी प्रणालीको अन्त्य : दोस्रो विश्वयुद्धको अन्त्यपछि अमेरिकाले बनाएको विश्वव्यापी संस्थाहरूको संरचनाहरूले व्यापारिक र वित्तीय उदारीकरणलाई उल्लेखनीय रूपमा फैलन मद्दत गरे । कोभिड–१९ आउनुअघि पनि चीनको उदय र पश्चिमा लोकतन्त्रमा देखिएको लोकप्रियतावाद (पपुलिज्म)का कारण यस प्रणालीमा चुनौती देखिएको थियो । यस प्रणालीबाट चीनले धेरै फाइदा लियो तर जब आफू बलियो हुँदै गयो तब नियम र कानुन आफूअनुसार बनाउन जिरह गर्दै गयो । अमेरिकाको विरोध, संस्थागत कमजोरी तथा स्वतन्त्रताको माग बढ्दै गयो । अमेरिका विश्व स्वास्थ्य संगठन तथा पेरिसको वातावरण सम्झौताबाट बाहिर निस्क्यो । कोभिड–१९ ले यस्तै अवस्था अझ बढाएर लैजाने र अमेरिकाको ‘प्रणाली व्यवस्थापक’ (सिस्टम म्यानेजर) को भूमिका खुम्चाउने देखिन्छ । 

सन् १९३० को जस्तो अधिनायकवादको चुनौती : ठूलो संख्यामा बेरोजगारी, बढ्दो असमानता तथा समाजमा महाव्याधिले ल्याएको विग्रह र आर्थिक समस्याका कारण अधिनायकवादलाई मलजल गर्नसक्छ । यस्तो अवस्थामा फाइदा लिने उग्रराष्ट्रवादी राजनीतिक उद्यमीको कुनै कमी छैन । धर्तीपुत्रको नारा तथा संरक्षणवाद बढ्नेछ । व्यक्ति र सामानमा शुल्क र कोटा पद्धतिको वृद्धि हुनेछ र प्रवासी तथा शरणार्थी बलिका बोका बनाइनेछन् । अधिनायकवादी सरकारले आफ्नो क्षेत्रीय स्वार्थलाई महत्त्व दिनेछन् र अनेक प्रकारको हस्तक्षेपले हिंसात्मक द्वन्द्वको संभावना बढाउनेछ । यस्ता केही प्रवृत्ति सन् २०२० अघि पनि देखिएको थियो तर आर्थिक उत्थानको दुर्बल अवस्था तथा कोभिड–१९ व्यवस्थापनमा देखिएको असफलताले यस्तो जोखिम झन् बढाएको छ ।  

Agni Group

चिनियाँ प्रभुत्वको विश्व व्यवस्था :  चीनले महाव्याधि नियन्त्रण गरेसँगै विश्व महाशक्ति राष्ट्रसँगको यसको आर्थिक दूरी नाटकीय ढंगले कमी हुनेछ । चीनको अर्थतन्त्रले अमेरिकाको घट्दो अर्थतन्त्रलाई २०२० का दशकको मध्यमा नै उछिन्नेछ र भारत र ब्राजिलजस्ता प्रतिस्पर्धी देशलाई पनि पछि पार्नेछ । रसियासँगको जरुरतको आधारमा बढेको कूटनीतिक सम्बन्धपछि चीन सबैभन्दा प्रभावशाली देश हुने क्रममा अघि बढ्दै जानेछ । त्यस अवस्थामा चीनले आफ्नो बढ्दो शक्ति अनुरुप सम्मान र प्रभुत्व चाहनेछ । चीनको ‘बेल्ट एन्ड रोड’ कार्यक्रमको प्रभाव छिमेकी देशमा मात्र होइन युरोप र ल्याटिन अमेरिकी देशसम्म पुग्नेछ । कुनै पनि अन्तर्राष्ट्रिय संगठनमा चीनविरुद्ध मतदान गर्नु प्रत्युत्पादक हुनेछ । किनभने त्यस्तो देशमा चीनको लगानी र सहयोग नआउने मात्र होइन विश्वकै ठूलो चिनियाँ बजारमा प्रवेशमा समेत बन्देज लाग्नेछ । कोभिड–१९ का कारण पश्चिमा अर्थतन्त्र तथा प्रमुख कम्पनीहरू चिनियाँ कम्पनीको तुलनामा कमजोर भएका कारण चिनियाँ सरकार तथा कम्पनीले नयाँ विश्व व्यवस्थाको स्तर आफ्नो फाइदाअनुरूप निर्धारण गर्नेछन् । 

अन्तर्राष्ट्रिय हरित पुनर्जागरण : भविष्यका सबै संभावना नकारात्मक मात्र छैनन् । संसारका धेरै लोकतान्त्रिक देशमा वातावरण परिवर्तन र वातावरण संरक्षणमा जनताको ठूलो समर्थन देखिएको छ । केही देश तथा कम्पनीहरूले वातावरणको सन्दर्भमा आफ्नो कार्यशैलीमै परिवर्तन गर्न थालेका छन् । कोभिड–१९ अघि पनि सन् २०३०को विश्वव्यापी एजेन्डा वातावरण हुने स्पष्ट देखिएको थियो । मानव स्वास्थ्य र पृथ्वी संरक्षणको सम्बन्धलाई स्पष्ट पारिदिएर महाव्याधिले यो एजेन्डा अझ सशक्तरूपमा अघि बढ्ने प्रत्याभूति गरेको छ । 

Global Ime bank

उदाहरणका लागि अमेरिकी जनताले के अनुभूत गरे भने सरकारले वर्षेनी ७०० अर्ब डलर सुरक्षाका लागि खर्च गरे पनि सन् १९४५ पछि अमेरिकाले सम्पूर्ण लडाइँमा भन्दा कोभिडसँगको लडाइँंमा गुमाएको जनसंख्या धेरै भइसकेको छ । अबको परिवर्तित आन्तरिक राजनीतिक वातावरणमा अमेरिकी राष्ट्रपतिले “कोभिड मार्सल प्लान”को थालनी गर्दै गरिब देशलाई तत्काल कोभिड–१९को भ्याक्सिन उपलब्ध गराउने र तिनको रोगसँग लड्नसक्ने क्षमता अभिवृद्धि गर्ने कार्यक्रम घोषणा गर्नेछन् । सन् १९४८ को मार्सल प्लानको पनि अमेरिकाको स्वार्थ रक्षा गर्न अरुको पनि हित गर्ने लक्ष्य थियो जसले त्यसपछिका कैयौं दशकसम्म संसारको भूराजनीतिमा ठूलो प्रभाव पार्‍यो । यस्तो नेतृत्वले अमेरिकाको ‘नरम शक्ति’ (सफ्ट पावर) लाई मजबुत तुल्यायो । सन् २०३० सम्ममा हरित एजेन्डा आन्तरिक राजनीतिका लागि उत्तम हुनेछ भने पहिलेजस्तै भूराजनीतिक प्रभाव पनि अत्यन्त सशक्त हुनेछ । 

अहिलेकै अवस्थाको निरन्तरता ः  सन् २०३०मा पुग्दा कोभिड–१९ एकदमै दुःखद घटना ठहरिनेछ जस्तो १९१८–२० को इन्फ्लुएन्जालाई सन् १९३० मा हेरिएको थियो र त्यस्तै दीर्घकालीन भूराजनीतिक प्रभाव छाड्नेछ । सन् २०१९ अघिको भूराजनीतिक अवस्था कायमै रहनेछ । जस्तो, बढ्दो चिनियाँ शक्ति, आन्तरिक लोकप्रियतावाद तथा पश्चिमा राष्ट्रको ध्रुवीकरण, अधिनायकवादी देशको संख्यामा वृद्धि, विश्वव्यापीकरणको केही प्रभाव, केही मात्रामा वातावरणप्रति बढ्दो सचेतता तथा कुनै पनि राष्ट्र आफँै एक्लैले केही पनि गर्न सक्दैन भन्ने अनिच्छापूर्ण स्वीकारोक्ति । दक्षिण चीन महासागरमा प्रभुत्व कायम गर्ने विषयमा टकराव जारी भए पनि अमेरिका तथा चीनबीच महाव्याधि र वातावरणका सन्दर्भमा सहकार्य गर्ने परिवेश । मित्रतामा लगाम र शत्रुताको व्यवस्थापन । केही संस्था सकिँदै जाने, केहीमा सुधार र अरु अझै नयाँ बन्दै जाने । अमेरिका अझै शक्तिशाली राष्ट्र रहे पनि उसको प्रभावको ताप निरन्तर घट्दो । 

सन् २०३० मा माथि भनिएका (पाँचौ बाहेक) चार परिघटना साँचो हुनसक्ने संभावना दसमा एकमात्र छ ।  अर्थात्, सन् २०३० सम्ममा कोभिड–१९ले विश्व भूराजनीतिमा पार्नसक्ने प्रभावको संभावना आधा मात्र छ । धेरै कारकले यसको संभावनामा प्रभाव पार्नेछन् । उदाहरणका लागि, प्रभावकारी, विश्वसनीय तथा सस्तो खोपको चाँडो विकास र विश्वभर यसको राम्रो वितरण हुनसकेमा विश्व अधिनायकवादी वा चिनियाँ प्रभुत्वमा पुग्ने जोखिम कम हुनेछ । 

परन्तु, अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि चुनाव जितेर अमेरिकाको गठबन्धन जीर्ण हुने, अन्तर्राष्ट्रिय संस्थाहरू कमजोर हुने, आन्तरिक लोकतन्त्रमा धक्का पुग्ने भयो भने हरित पुनर्जागरण वा अहिलेकै अवस्थाको निरन्तरताको संभावना न्यून हुनेछ । यद्यपि, युरोपियन युनियन कोभिड–१९ले थलिए पनि सदस्य देशको जिम्मेवारी बहन गर्नसक्ने भयो भने यो एक प्रभावशाली अन्तर्राष्ट्रिय खेलाडी हुनसक्छ र त्यस अवस्थामा हरित पुनर्जागरण हुने संभावना कायमै रहन्छ । 

अन्य प्रभावका संभावना पनि कायमै रहेछन् र कोभिड–१९ले आन्तरिकरुपमा स्वास्थ्य सेवा र शिक्षामा देखिएको असमानता घटाउन पनि भूमिका खेल्नसक्छ । साथै, अर्को महाव्याधि आएमा सशक्त ढंगले निरुपण गर्नसक्ने संस्था बनाउन पनि भूमिका हुनसक्छ । महाव्याधिको दीर्घकालीन असरको विषयमा गरिएको यो अनुमान ठ्याक्कै मिल्ने संभावना कमै छ तर, यसले संभावना र तिनलाई कसरी सामना गर्ने भन्ने विषयमा नीति बनाउन मद्दत गर्नेछ । 

(हार्वर्ड विश्व विद्यालयका प्राध्यापक हुन । उनको नयाँ पुस्तक “डु मोरल्स म्याटर? प्रेसिडेन्ट एन्ड फरेन पोलिसी फ्रम एफडीआर टु ट्रम्प” (अक्सफोर्ड युनिभर्सीटी प्रेस, २०२०) प्रकाशित छ । )

Copyright: Project Syndicate, 2020.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC