site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ऋतिक र अक्षयको टकराव (ट्रेलरसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
बलिउड बिट
भारत: बलिउडका दुई सफल कलाकार ऋतिक रोशन र अक्षय कुमारको सिनेमा यही शुक्रबार साउन २८ गते एकैपल्ट रिलिज हुन लागेकापछि सिनेमा प्रेमीहरूमाझ कसको सिनेमा हिट हुन्छ भन्ने अड्कलबाजी सुरु भएको छ ।
ऋतिक रोशनको सिनेमा ‘मोहेन्जो दारो’ तथा अक्षयको ‘रुस्तम’ दुवै ठूलो ब्यानरका सिनेमा हुन् । यी दुवै सिनेमा दर्शकासामु आउनुपूर्व नै बलिउडका ठूला हस्ती सलमान खान, रणवीर सिंह, करन जोहरजस्ता व्यक्तिले ट्वीट गरेर ‘रुस्तम’लाई समर्थन जनाएका छन् । ‘मोहेन्जो दारो’ले बलिउडका हस्तीहरूको समर्थन पाएको छैन । त्यसैले यी दुई सिनेमाका बीच ठूलो टकराव हुने अनुमान भइरहेको छ । ऋतिक रोशनले एक कदम अघि बढेर ‘रुस्तम’को समर्थनमा ट्वीट गरेपछि भने यो टकराव धेरै घिनलाग्दो हुनबाट रोकिएको छ । त्यतिमात्र नभई ऋतिक र अक्षय दुवैले एक अर्काका लागि आफ्नो सिनेमाको विशेष प्रदर्शन पनि गरिसकेको समाचार छ । 
ऋतिकको हिरोइनमा पूजा हेगडे छिन् भने अक्षयको इलियाना डी क्रुज । ‘मोहेन्जो दारो’ सिन्धु घाँटीको सभ्यताको बेलाको कथा हो भने ‘रुस्तम’ एक नेभी अफिसरको हत्याको सत्य घटनामा आधारित सिनेमा हो ।
भारतका ठूला दैनिक पत्रिकाले पनि यी दुई सिनेमामध्ये बक्स अफिसमा कसले जित्ला भनेर अनुमान गर्न थालेका छन् । द इन्डियन एक्सप्रेसका अनुसार ‘मोहेन्जो दारो’ले सिनेमाको अधिकार बेचेर अहिल्यै ६० करोड भारु कमाइसकेको छ । अब ५५ करोड भारु कमायो भने सिनेमाको खर्च उठ्छ । ‘रुस्तम’को लागत भने करिब ५० करोड भारु भएको बताइएको छ । यो खर्चमा थप १० देखि १५ करोड भारु प्रचारप्रसारमा खर्च हुने गर्छ ।
अक्षयको सिनेमा करिब २ हजार वटा सिनेमा हलमा एकै पटक लाग्दैछ भने ऋतिकको सिनेमा करिब २५ सिनेमामा लाग्दैछ ।
बलिउडमा ठूला ब्यानरको दुइटा चलचित्र एकैपल्ट रिलिज हुँदा तिनको प्रतिस्पर्धाको ठूलो समाचार बन्ने गर्छ । गत वर्ष शाहरुख खानको ‘दिलवाले’ तथा रणवीर सिंह र दीपिका पाडुकोणको ‘बाजिराव मस्तानी’का बीच पनि यस्तै प्रतिस्पर्धा भएको थियो । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३  १६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC