site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माणमा हरसम्भव सहयोग गर्ने वचन दिएका छन् । काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठसँग बुधवार भएको भेटमा जनसहभागिताबाट काष्ठमण्डपको पुनःनिर्माणमा सहयोग गर्न महानगरपालिका तत्पर रहेको बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

काष्ठमण्डपको पुनःनिर्माण जनसहभागिताबाट निर्माण गर्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका तथा काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानबीच गत वैशाख २९ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Agni Group

महानगरपालिका प्रमुख शाक्यलाई काष्ठमण्डप पुनःनिर्माणमा भएको प्रगतिको जानकारी गराइएको पनि अध्यक्ष श्रेष्ठले बताए । स्मरणीय छ, प्रमुख शाक्यको सय दिनको प्राथमिकतामा काष्ठमण्डप पनि परेको छ । 

श्रेष्ठका अनुसार हाल काष्ठमण्डपको डिजाइन तथा लागत इस्टिमेट तयार गर्ने, जग एवं बाँकी काठको संरक्षण गर्ने र अमूर्त सम्पदाको अन्वेषण र अभिलेखनको काम भइरहेको छ ।   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC