site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नागोर्नो-काराबख वार्ताका लागि अर्मेनिया-अजरबैजान 'सहमत'
Sarbottam CementSarbottam Cement

मस्को । गत सातादेखि द्वन्द्वग्रस्त बनेको नागोर्नो-काराबख विवादित क्षेत्रको विषयमा वार्ता गर्न अर्मेनिया-अजरबैजना सहमत भएको रुसले जनाएको छ । रुसले शुक्रबार दुबै मुलुकहरुले वार्ताका लागि इच्छा जनाएका छन् । 

रुसले यसलाई 'पछिल्लो तनाव अन्त्यका लागि एक ठूलो कदम भएको' बताएको छ । अजरबैजनाले मस्कोमा हुने वार्ताका लागि परराष्ट्रमन्त्री जेहुन बेरामोभ सहभागी हुने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि रुसी राष्ट्रपति भलादिमिर पुटिनले नागोर्नो-काराबख क्षेत्रमा सैन्य गतिविधि रोक्‍न आग्रह गरेका थिए । 

राष्ट्रपति पटिनले अजरबैजानका राष्ट्रपति इलहाम अलीयभ र अर्मेनियाका प्रधानमन्त्री निकोल पास्हिनयानसँगको टेलिफोन वार्तापछि दुबै पक्षलाई वार्ताका लागि मस्को बोलाएका हुन् ।

Global Ime bank

पछिल्लो समय दुबै मुलुकले एकअर्कालाई आरोपित गर्न समाजिक सञ्‍जाल ट्विटर प्रयोग गरिरहेका छन् । अर्मेनियाले अजरबैजानको सैन्यबलले अझै उक्त क्षेत्रमा गोलाबारी गरिरहेको आरोप लगाएको छ । 

त्यसैगरी अजरबैजानले ट्विटरमार्फत भनेको छ, "अजरबैजानको नेशनल एजेन्सी फर माइन एक्सनले हालसम्म २९ वटा विस्फोट नभएका मिसाइलहरु निस्क्रिय पारेको छ । द्वन्द्वग्रस्त क्षेत्रभन्दा बाहिर आठ क्षेत्रमा उक्त मिसाइलहरु अर्मेनियाले प्रहार गरेको थियो ।" 

अर्मेनियाको नियन्त्रणमा रहेको नागोर्नो-काराबख क्षेत्रका रक्षामन्त्रीले थप २६ जनाको मृत्यु भएको र हालसम्म उक्त द्वन्द्वमा मृत्यु हुनेको संख्या ३७६ पुगेको बताएका छन् । दुबै मुलुकबीच पहिलो पटक सेप्टेम्बर २७ मा गोली हानाहान भएको थियो ।  - अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC