site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिकित्सकले भने - ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्छन्
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ को उपचारको अवधि पूरा गरेको र यस साताको अन्त्यदेखि नै सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने चिकित्सकहरुले बताएका छन् । 

ट्रम्पका चिकित्सक डा. सियन कोन्लेले राष्ट्रपति ट्रम्प अहिले 'निकै राम्रो' र स्वास्थ्य स्थिर रहेको बताएका छन् । 

राष्ट्रपति ट्रम्पले शुक्रबार सम्भवत: अर्को कोभिड परीक्षण गराउने र साताको अन्त्यदेखि नै चुनावी र्‍यालीहरुमा सहभागी हुने आशा व्यक्त गरेका छन् । 

Agni Group

त्यसैगरी राष्ट्रपति ट्रम्पले आगामी बिहीबार हुने दोस्रो टेलिभिजन डिबेटमा सहभागी नहुनेसमेत बताएका छन् ।

आयोजकले ट्रम्पक र उनका डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनबीचको निर्धारित बहस इन्टरनेटको माध्यमबाट गरिने बताइएपछि ट्रम्पले आफूलाई त्यो मान्य नहुने बताएका हुन् । 

Global Ime bank

आयोजकहरूले अक्टोबर १५ तारिखमा हुने बहसमा संलग्‍न सबैको 'स्वास्थ्य र सुरक्षाको निम्ति' दुवै प्रतिस्पर्धीलाई फरक-फरक स्थानबाट सहभागी गराइने बताएका थिए । 

त्यसबाट आक्रोशित राष्ट्रपति ट्रम्पले फक्स बिजनेश च्यानललाई दिएको फोन अन्तर्वार्तामा 'समय खेर फाल्न आफू त्यसमा सहभागी नहुने' बताएका हुन् । 

आगामी डिबेट के हुने भन्‍नेबारे अन्योलता देखिएको छ ।

त्यसैगरी हाउस अफ रिप्रेजेन्टेटिभकी स्पिकर न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाप्रति गम्भीर प्रश्‍नहरु अनुत्तरित रहेको बताएकी छन् । उनले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था मूल्यांकनका लागि शुक्रबार संसदमा एक आयोग गठन गर्नेसमेत बताएकी छन् । 

पेलोसीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत भनेका छन्,"म्याडम पेलोसी 'पागल' भइन् ।"

बिहीबार व्हाइट हाउसबाट जारी गरिएको स्वास्थ्य अवस्थासम्बन्धी जानकारीमा चिकित्सक डा. कोन्लेले भने, "राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा व्यापक सुधार भएको छ । उनलाई अहिले कुनै लक्षण देखिएको छैन ।"- बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC