site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदीले दियो गैरकानुनी रुपमा बसेका १ हजार ९४ नेपालीलाई 'एक्जिट भिसा'
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदी अरेबियाको सरकारले गैरकानुनी रुपमा बसेका १ हजार ९४ जना नेपालीलाई 'एक्जिट भिसा' दिएको छ ।

रियादस्थित नेपाली दूतावासले दूतावासको अनुरोधमा साउदी अरेबियाले हालको एक्जिट भिसा दिने प्रकृया सुरु भएपछि हालसम्म १ हजार ९४ जनालाई 'एक्जिट भिसा' दिएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साउदी अरेबियाका विभिन्‍न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नविकरण नगरिएका कारण स्वदेश फर्किन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दूतावासले अनुरोध गरे बमोजिम साउदी सरकारले 'एक्जिट भिसा' दिएको हो ।

साथै, विभिन्‍न व्यक्तिहरुले झुठा विवरण दिइ दूतावास समक्ष बहिर्गमन भिसाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा एक्जिट भिषा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने  समेत दूतावासले जनाएको छ ।

Global Ime bank

दूतावासले यस अगाडि नै १ हजार ५८ जनाको सूचि प्रकाशित गरिसकेको भन्दै थप ३६ जनाको एक्जिट भिसा प्राप्त भएको जनाएको हो । एक्जिट भिसा जारी भएकाहरुले नेपाल जाने तयारी गर्न दूतावासले अनुरोध छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  २०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC