site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालमा कोभिड—१९ को संक्रमण रोकिने लक्षण देखिएको छैन । सरकारले भने महामारीका अगाडि घुँडा टेकेको देखियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको ‘बेहोस भएमा वा हुन लागेमात्र अस्पताल आउनु’ भन्ने अभिव्यक्तिबाट सरकारको पोल खुलेको हो । नियमित अनलाइन पत्रकार सम्मेलनमा डा. गौतमले बुधवार स्पष्ट नभने पनि काठमाडौंका अस्पतालहरूमा कोभिड—१९ का बिरामीको उपचार गर्ने क्षमता नभएको सन्देश दिएका हुन् । उता बिहीवार सार्वजनिक गरिएको जानकारीअनुसार देशमा २४ घन्टामा ४ हजार ३६४ जना थपिएपछि संक्रमितको कुल संख्या २६ हजार ६८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा बन्दाबन्दी फेरि गर्नुपर्ने हुनसक्छ भन्ने सन्देश सरकारले यसअघि दिएको थियो । महामारीमा समेत नागरिकको उपचार गर्न असमर्थ भयौँ भन्न लाज नमान्ने शासकहरूबाट जनताले के अपेक्षा गर्ने ? 

दसैंका लागि घर जाने आउनेहरूको आवागमन रोकिने कुनै पनि बन्देज वा निषेध सुरु गर्ने आँट सरकारले पक्कै गर्नेछैन । दसैंका मुखमा आवागमनमा रोक लगाउनु यसै पनि मूर्खता हुन्छ । सरकार जिम्मेवार भएको भए आजको अवस्था आउने नै थिएन । नेपालसँग तयारीका लागि पर्याप्त समय थियो । यस्तै, जनतालाई विश्वासमा लिन सकेको भए संक्रमण नियन्त्रणका लागि अपनाइएका उपायहरू सफल पनि हुनसक्थे । तर, सरकारी अधिकारीहरू विशेषगरी सम्बन्धित मन्त्रीहरू अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिए । त्यसपछि पनि मन्त्री र सरकारी अधिकारीहरूको ध्यान संक्रमण नियन्त्रणमा नगएर महामारीको निहुँमा राज्यको ढुकुटीबाट कसरी धेरै दोहन गर्न सकिन्छ भन्नेमा गयो । देशमा लागू गरिएको करिब ६ महिनाको बन्दाबन्दी र निषेधाज्ञाको निर्णय जनस्वास्थ्यका दृष्टिबाट भएन । बरु, राजनीतिक स्वार्थमा बन्दाबन्दी र निषेधाज्ञा गरिएकाले जनताले पनि अवज्ञा गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

घरमा अभिभावक गैरजिम्मेवार भए सन्तान बढी जिम्मेवार हुनुपर्छ । नेपालका हकमा सरकार गैरजिम्मेवार भएपछि जनताले बढी जिम्मेवारी बोध गर्नुपर्थ्यो । विडम्बना, नेपाली जनता पनि कोभिड—१९ को संक्रमण र यसबाट हुनसक्ने क्षतिका सम्बन्धमा अपेक्षित जिम्मेवार देखिएनन् । राजनीतिक दलका नेताहरू यस सन्दर्भमा सबैभन्दा बढी गैरजिम्मेवार देखिए । पार्टी प्रवेशका नाममा यस अवधिमा सबै पार्टीका नेताले संक्रमणको खेती गरे । तिनले भौतिक दूरीलगायत सबै प्रकारका सुरक्षा उपायको अवज्ञा गरेपछि बाँकी जनताले पनि तिनकै बाटो पछ्याए । सरकारले आफूले बनाएको सुरक्षाका उपाय आफैँले कार्यान्वयन गरेन । उपयुक्त सावधानी अपनाउन जोड दिएको भए कम्तीमा सुरक्षाकर्मीहरू नै यति धेरै संक्रमित पक्कै हुने थिएनन् । यसैले अब संक्रमण गाउँगाउँमा फैलन नदिन जनता स्वयंले सावधान हुनुपर्ने देखिन्छ । बजारमा जस्तै अराजकता यातायातका साधनमा पनि देखिन सक्छ । त्यसैले गन्तव्यमा पुगेपछि आफैँ कम्तीमा दस दिन सावधानीपूर्वक एक्लै (आइसोलेसन)मा बसेर संक्रमणको शृंखला टुटाउन सकिन्छ । सरकारले आत्मसमर्पण गर्दैमा जनताले पनि कोभिड—१९ सँग हार्नुपर्छ भन्ने छैन ।   


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC