द वायर। उत्तर प्रदेशको हाथरसमा एक दलित किशोरीमाथिको बलात्कार र प्रताडना कम डर लाग्दो थिएन, किशोरीका आफन्तजनले शव घर लैजानका लागि गरेको आग्रह लत्याउँदै प्रहरीले रातिको समयमा लुकाएर अन्तिम संस्कार गरिदियो । बलात्कारको आरोप ठाकुर जातिका चार पुरुषमाथि लागेको छ । यो सम्पूर्ण घटनाक्रमले कथित उपल्लो जातिको अहंकार र प्रहरीको हृदयहीनता दर्शाउँछ ।
भारतमा प्रहरी दुर्भावनाबाट भरिएको छ र कानुनसँग कुनै निडर हुन सक्छ । यूपीमा त विशेष गरी योगी आदित्यनाथको नेतृत्वको सरकारले उनीहरुलाई खुला रुपमा छुट दिएको छ । जुन गुण्डानाइके विकास दुबेको पूर्वनियोजित तरिकाबाट गरिएको हत्यामा देखियो । अब प्रहरीसँग उनीहरुका कानुनविपरीतका क्रियाकलापका बारेमा आवाज उठाउन निषेध जस्तै छ ।
प्रहरीले हत्या आरोपमा संलग्न एक सुरक्षाकर्मीलाई निलम्बित गर्ने मुख्यमन्त्रीको आदेशलाई नजरअन्दाज गरेको छ । यसैबीच मुख्यमन्त्री आदित्यनाथ मुसलमानहरुलाई निशाना बनाइरहेका छन् । उनी सबै प्रकारका असन्तोषहरु दबाइरहेका छन् । गोरखपुर अस्पतालमा दुर्घटनाका दौरान कैयौं बालबालिकाहरुको मृत्यु भएको घटनामा अक्सिजन सिलिन्डरको अभाव देखाएर डा. कफील खानलाई महिनौंसम्म जेलमा बन्द गरियो ।
नागरिकता (संशोधन) अधिनियमविरुद्ध प्रदर्शन गर्ने कैयौं नागरिकको सम्पत्ति कब्जा गरियो । आदित्यनाथ सहरहरुको नाम परिवर्तनमा लगातार तल्लिन छन् । उनी उद्योगी–व्यवसायीहरुलाई राज्यमा लगानी गर्नका लागि भोज खुवाइरहेका छन् । मुख्यमन्त्रीले यसो गर्न किन हुन्थेन ? के इन्डिया टुडेले उनलाई लगातार तीनपटक भारतका सर्वश्रेष्ठ मुख्यमन्त्री घोषणा गरेको होइन ?
यहाँसम्मकी उद्योगी–व्यापारीहरु अब उनलाई प्रधानमन्त्री पदका लागि सबैभन्दा लायक व्यक्तिका रुपमा हेरिरहेका छन्, उनी प्रधानमन्त्री भए कम्पनीमा कार्यरत श्रमिकलाई बिनारोकतोक बर्खास्त गर्ने अनुमति पाउन सकिने उद्योगी–व्यवसायीहरुको सोच देखिन्छ । एउटा अर्को घाउ कोट्याउँदै त्यस्तो स्थानमा मन्दिर पनि निर्माण गरिँदै छ, जहाँ चार सय वर्ष पुरानो मस्जिद रहेको जमिन भाजपाका नेताहरुको उक्साहटमा कब्जा गरेका थिए । उक्त घटनाका सबै आरोपीहरुलाई निर्दोष सावित गरिसकिएको छ ।
अर्को कदम काशी हो, त्यसपछि मथुराको पालो आउने छ । योगी आदित्यनाथको आशीर्वादमा सबै योजनाहरु पूरा हुनेछन् । हाम्रो आँखा अगाडि जुन नयाँ चम्किलो उत्तर प्रदेश उदाइरहेको छ, त्यसको दर्शन गर्नुस्– सवर्ण (उच्च जातीय) असहिष्णु र कारोबारीहरुको मित्र । भारतका लागि यो एक मोडल बन्ने छ । गुजरात मोडल विगतको हिजोको खबर हो भने आउनेवाला भोलि उत्तर प्रदेश मोडलको नाममा हुनेछ ।
गुजरात मोडल कसरी अस्तित्वमा अयो, यहाँ स्मरण गर्न उपयोगी हुनेछ । गुजरात दंगा, जसमा हजारभन्दा बढी मानिसहरु मारिएका थिए । जसमध्ये पनि अधिकांश मुस्लिम थिए । नरेन्द्र मोदी एक प्रकारले अछूत जस्तै बनेका थिए । उनी तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयी (जसले दुई हप्तापछि अप्रत्यक्ष रुपमा गोधरा ट्रेनमा आगो लगाउने र हिन्दू प्रतिक्रियालाई आगोको झिल्को बनाउनमा मुसलमानलाई दोषी ठहराएका थिए) बाट झण्डै बर्खास्त भइसकेका थिए ।
मोदीले कुर्सी त जोगाए तर भारत र अन्तर्राष्ट्रिय समुदायका कैयौं मानिसहरुले उनलाई बहिष्कार गरेका थिए । भारतीय ब्यापारी पनि उनको कडा आलोचनामा उत्रिएका थिए । मार्च २००२ मा बैंकर दीपक पारेखले दुःख व्यक्त गर्दै भनेका थिए, “अन्तर्राष्ट्रिय स्तरमा हामीले धर्मनिरपेक्ष देशका रूपमा आफ्नो नाम गुमाएका छौं ।” (यद्यपि, पछि उनले पनि आफ्नो सुर बदले ।)
अन्य उद्योगी–व्यवसायीहरुले पनि निर्मम हत्या र लुटपाटको घटनाविरुद्ध रिस पोखे । कैयौं देशहरुले मोदीलाई भिजा दिन अस्वीकार गरे । अमेरिका जस्ता केही देशहरुले खुला रुपमा र केही अन्य देशहरुले गोप्य रुपमा ।
तथ्य यो पनि छ कि केही वर्षपछि उनको नेतृत्वमा रहेका गुजरातमा उद्योगी–व्यवसायीहरु गइरहेका थिए । उनीसँग भेटघाट गरेर लगानीका विषयमा चर्चा गरिरहेका थिए । २०१३ मा एक भाइब्रेन्ट गुजरात सम्मेलनमा शीर्ष कर्पोरेटहरु मोदीको प्रशंसा गर्नका लागि एकआपसमा होडबाजीमा उत्रिए ।
मुकेश अम्बानीले भने, “मोदीसँग एक भव्य भिजन छ ।” अनिल अम्बानीले घोषणा गरे, “मोदी महात्मा गान्धी र सरदार पटेल जस्तै छन् ।” रतन टाटाले अतिशयोक्तिको सहारा लिँदै भने, “गुजरात भारतमा सबैभन्दा बढी लगानीमैत्री राज्य हो । यसको श्रेय मोदीलाई जान्छ ।” मोदी एकाएक उद्योगी–व्यवसायीका माझमामात्रै नभएर कैयौं भारतीयका बीचमा पनि लोकप्रिय भइरहेका थिए । जो उनकाबारेमा केवल कुराहरुमात्रै सुनिरहेका थिए । (सुन्दर सडक, बिजुली कटौती र सबैका लागि शान्ति र सुरक्षा)
जो भनिएको थिएन त्यो थियो कि उनले मुसलमानहरुलाई अलग–थलग गरेका थिए । उनीहरुलाई उनीहरुको स्थान देखाइएको थियो । जहाँसम्म २००२ को कुरा थियो, त्यतिबेलासम्म पूर्णतया बिर्साइदिइएको थियो । त्यसपछि के भयो, त्यो त हामी सबैले हेर्यौं । मिडियाले एक स्वरमा उठेर उनको समर्थन गरे । साथै स्वरमा स्वर मिलाएर कांग्रेसको आलोचना गरे । नरेन्द्र मोदीका हरेक शब्दलाई चर्चामा स्थान दिइयो ।
सामान्य धारणा छ मिडियाले आफ्नो आत्मा २०१४ पछि बिक्री गरेर मोदी फ्यान क्लबमा समावेश भए । तर, यथार्थमा यो धेरै अघि नै भइसकेको थियो । दिल्लीमा मोदी सरकार किसान र मुस्लिमविरुद्ध कानुन अगाडि बढाइरहेको छ । उद्योगी–व्यवसायीहरुको हितका लागि नियमहरु परिवर्तन गरिरहेको छ । विरोधीहरुसँग कडाइका साथ पेस भइरहेको छ । साथै यो पनि सुनिश्चित गरिरहेको छ कि उसका आप्mना मान्छेलाई प्रहरी बिनाकारण परेशान नगरोस् ।
तर, केन्द्र सरकार सञ्चालन जस्तो राज्य स्तरमा शक्तिहरु पाइँदैन । र यसले कहिलेकाँही हात बाँध्न पनि सक्छ । यही सम्भावनाका रुपमा योगी आदित्यनाथको उदय भइरहेको छ । मुख्यमन्त्री भए पनि उनी पत्रकारहरुलाई नोटिस पठाउन आफ्नो प्रहरी जहाँ पनि पठाउन सक्छन् । उनी यूपीका भगवान र मालिक हुन् । दिल्लीमा उनलाई रोक्ने कोही हुने छैन ।
यूपी मोडलको कसैले विरोध गर्ने छैन । उनलाई अन्तर्राष्ट्रिय समुदायले कसरी हेर्छ भन्ने बारेमा कुनै चिन्ता छैन । आदित्यनाथले विश्व समुदायलाई हेर्ने नजरमा विदेश नीति र कूटनीतिको कुनै महत्व छैन । एक मिशन पूरा गर्नुछ र संघ आदित्यनाथले त्यसलाई हासिल गर्न सक्नेछन् भन्नेमा विश्वस्त छ । उनको साख बेदाग छ– उनी मुसलमानलाई घृणा गर्छन र सोच्छन् दलितहरुलाई आफ्नो स्थानका बारेमा थाहा हुनुपर्छ ।
संघको दृष्टिकोणअनुसार मोदी अत्यन्तै नरम र छविका बारेमा चिन्तित रहन्छन् । तर, आदित्यनाथ यस्ता छैनन् । यही कारण योगी आदित्यनाथ आउने वाला भोलिको अनुहार हुन् । द वायरबाट