site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशव्यापी नागरिक सत्याग्रह सुरु गर्न ‘सोलिडारिटी फर डा. केसी अलायन्स’को अपिल
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर ।


काठमाडौं । २४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको पक्षमा देशव्यापी सत्याग्रहको गर्न ‘सोलिडारिटी फर डा केसी अलायन्स’ले अपिल गरेको छ । 

देशैभरबाट कोभिड-१९ विरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ-आफ्नो ठाउँबाट डा. केसीको समर्थनमा सत्याग्रह सुरु गर्न अलायन्सले अपिल गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले डा.केसीको स्वास्थ्य धेरै नाजुक बन्दै गइरहेको छ तर सरकारले मागहरु पूरा गर्न र जीवन रक्षा गर्न कुनै कदम नचालेको बताए  । उनले भने, “डा.केसीको जीवन रक्षा गर्नका लागि देशव्यापी रुपमा नागरिक सत्याग्रह सुरु गर्न अपिल गदछौँ ।”

 त्यसैगरी बुधबार त्रिवि केन्द्रीय विभागका विद्यार्थीहरुले  सरकारलाई दबाब दिन रिले अनसन सुरु गरेका छन् । बिहीबार नागरिक समाजले पाटन डबलीमा सामूहिक सत्याग्रह सुरु गर्ने अलायन्सका संयोजक डा. क्षत्रीले  जानकारी दिए ।

Global Ime bank

डा. केसीको शरीरमा चिनिको मात्रा र रक्तचाप अत्यधिक मात्रामा घटेको  हुदाँ जुनसुकै समय आईसीयूमा राख्नुपर्ने  अवस्था आउने चिकित्सकले बताएका छन् । तर सरकारले भने अझै पनि वार्ताका लागि कुनै पहल गरेको छैन ।

यस्तो छ अलायन्सको अपिल

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा केसीले १९औं सत्याग्रह शुरु गर्नुभएको आज २४ औं दिन भइसकेको छ। यसबीच उहाँको स्वास्थ्य धेरै नाजुक बन्दै गइरहेको छ भने सरकारले उहाँका मागहरु पूरा गर्न र जीवन रक्षा गर्न कुनै कदम चालेको छैन।

यो पृष्ठभुमिमा डा केसीका माग पूरा गराउँदै उहाँको जीवन रक्षा गर्नका लागि देशव्यापी रुपमा नागरिक सत्याग्रह शुरु गर्न अपिल गर्दर्छौं। त्यही अभियान अन्तर्गत यस अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय विभागका विद्यार्थीहरुको र भोलि पाटन डबलीमा नागरिक सत्याग्रह शुरु हुँदैछ।

देशैभरबाट कोभिड विरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ आफ्नो ठाउँबाट डा केसीको समर्थनमा सत्याग्रह शुरु गर्न सबैमा अपिल गर्दर्छौं।

डा जीवन क्षेत्री,

संयोजक

सोलिडारिटी फर डा केसी अलायन्स

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC