site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्प संक्रमित भइरहे आगामी डिबेट हुनसक्दैन : जो बाइडेन 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उमेदवार जो बाइडेनले राष्ट्रपति ट्र्म्प कोरोना संक्रमित भइरहे आगामी डिबेट हुननसक्ने बताएका छन् । 

बाइडेनले मंगलबार भने, "मलाई लाग्छ, यदि उहाँलाई कोरोना संक्रमण भइरहे आगामी डिबेट हुनसक्दैन ।" 

"मलाई लाग्छ, हामीले निकै कडा निर्देशनहरुको पालना गर्नुपर्छ । धेरै मानिसहरु संक्रमित भइरहनु भएको छ । यो निकै गम्भीर समस्या हो," उनले थपे । 

Prabhu Bank
Agni Group
NIC Asia

आगामी डिबेट १२ अक्टोबरका लागि फ्लोरिडाको मियामीमा हुने तय गरिएको छ । 

राष्ट्रपति ट्रम्पलाई गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर, उनलाई कहिलेदेखि संक्रमण थियो भन्‍ने यकिन भन्‍न सकिएको छैन । 

Global Ime bank

अमेरिकी जनस्वास्थ्य निर्देशिका अनुसार ट्रम्प कम्तिमा १० दिनसम्म आइसोलेसनमा बस्‍नुपर्ने हुन्छ । 

तर, राष्ट्रपति ट्रम्पका चनावी अभियानका सल्लाहकार जिना इलिसले राष्ट्रपति ट्रम्प आगामी दोस्रो टेलिभिजन डिबेटका लागि आशावादी भएको बताएकी छन् । 

उनले भनिन्, "ट्रम्पमा राम्रो सुधारहरु भइरहेको छ । तर, व्हाइट हाउसका चिकित्सकहरुसँगको सल्लाहपछि अन्तिम निर्णय लिइने छ ।" 

इलिसले राष्ट्रपति ट्रम्पले यो 'भाइरसलाई गम्भीरतापूर्वक लिएको' बताएकी छन् । "तर, हामी भाइरसको त्रासमा रहन सक्दैनौं,"उनले भने । 

बाइडेन यसबाट भाग्‍न खोजेको स्पष्ट देखिएकोसमेत उनले आरोप लगाएकी छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC