site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
१५ दिन काठमाडौं लकडाउन गरेर परीक्षण गर्ने हो भने कोरोना नियन्त्रणमा आउँछ 
Sarbottam CementSarbottam Cement

पछिल्लो समय काठमाडौं उपत्यकामा अन्य जिल्लाको तुलनामा कोरोना संक्रमण बढ्दै गएको छ । चाडपर्व नजिकै छन् । भिडभाड समेत बढ्दै गएको छ । 

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन नसकेको, ’कन्ट्याक ट्रेसिङ’ पनि प्रभावकारी रुपमा गर्न नसकेको, क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन गर्न नसकेको गुनासो बढ्दै छ । तर, सरकारले किन कोरोनाको प्रभावकारी नियन्त्रण गर्न नसकेकोलगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग सञ्जिता खनालले गरेको कुराकानी :

नेपालमा कोरोना संक्रमण दैनिक बढ्दो क्रममा छ, अहिले संक्रमण कुन चरणमा पुगेको छ ?

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय संक्रमणको दर केही बढेको छ । कोरोना संक्रमणको विभिन्न अवस्था हुन्छन् । अहिले नेपालमा देखिएको कोरोना संक्रमण भनेको ’कल्स्टर–अफ’ स्टेज हो । जुन झुन्ड–झुन्डमा संक्रमण देखिएको छ । जस्तै, पहिला उदयपुर, नेपालगञ्ज र पर्सामा जसरी देखिएको थियो त्यसरी नै अहिले काठमाडौं उपत्यकामा देखिएको छ । 

तपाईं ’कल्स्टर–अफ स्टेज’ भन्नु हुन्छ तर विज्ञहरुले त कोरोना संक्रमण समुदायमा गयो भनिरहेका छन् नि त ? 

Global Ime bank

उहाँहरुले नबुझेर भन्नुभएको हो । विज्ञानलाई पढ्नुपर्छ । मानिसहरु जनस्वास्थ्यका कुरा पढेका हुँदैनन् । अनुमानका भरमा भन्ने गर्छन् । पूर्व मेचीदेखि महाकालीसम्म सबैमा एउटै तरिकाको देखिनुलाई  समुदायमा संक्रमण फैलिनु भनिन्छ । 

काठमाडौंमा ट्राभल हिस्ट्री नभएका व्यक्ति देखियो भन्दैमा समुदायमा गयो भन्न मिल्दैन । कल्स्टरभित्रको समुदायमा गयो भन्न मिल्छ । कोरोना संक्रमितको तथ्यांक हेर्दा पनि ७५३ पालिकामा ५०० वटा पालिकामा कोरोना संक्रमित देखिएकै छैनन् । अहिले पनि काठमाडौं भित्रिने सबै नाका सिल गरेर १५ देखि २० दिन परीक्षण गरेमा नियन्त्रणमा आउँछ ।

कोरोना समुदायमा पुगेको छ कि छैन भन्नलाई समुदायमा परीक्षण भएको छ त ?

अहिलेको परीक्षण भनेको ’कन्ट्याक ट्रेसिङ’ नै हो । काठमाडौंमा शिक्षित मानिसहरु बस्ने हुँदा कोही व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरु तुरुन्तै कोरोना परीक्षण गर्छन् ।  मानौं, म कोरोना संक्रमित भए । म घरमै होम आइसोलेसनमा बस्छु । मेरो सम्पर्कमा आएका घरका पाँचजना सदस्यहरु घर बाहिर निस्किनु पर्दैन भने परीक्षण गर्नुपर्दैन ।

’कन्ट्याक ट्रेसिङ’ त हुँदै भएन भन्छन्, किन सरकारले गर्न नसकेको हो ?

काठमाडौंमा मानिसहरुले ’कन्ट्याक ट्रेसिङ’ स्वस्फुर्त गरेका छन् । एक परिवारमा ५ जना छन् भने एक जनालाई कोरोना संक्रमण देखिएमा अन्य चारजनाले आफैं परीक्षण गर्छन् ।  ’कन्ट्याक ट्रेसिङ’ राम्रो भएन भन्नु गलत हो । अर्को ’कन्ट्याक ट्रेसिङ’भन्दा पनि क्वारेन्टिन महत्वपूर्ण हो ।  यदि मानिस क्वारेन्टिनमा बसेमा यो सर्दैन । काठमाडौंमा कोरोना आफैं उत्पत्ति त भएको होइन । 

नेपालमा कोरोना भारतबाट आएका व्यक्तिहरुले विभिन्न जिल्लामा ल्याए । विभिन्न जिल्ला र भारतबाट आउने व्यक्तिले काठमाडौंमा कोरोना सारेको देखिन्छ ।  यदि बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टिनमा राम्रोसँग राख्न सकेको भए संक्रमणको दर बढ्ने थिएन । राम्रोसँग मास्क लगाएर र दुई मिटरको दूरी कायम गरेमा कोरोना सर्दैन । वास्तवमा महत्वपूर्ण कुरा पनि यही हो । 

हामी आईसीयू र भेन्टिलेटरको कुरा गर्न अगाडि छौं । तर एउटा मास्क लगाउने र दूरी कायम गर्न हामी जान्दैनौं । 

कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसरी काम गर्नुपर्नेमा त्यसरी गरिहेको देखिँदैन नि !

स्वास्थ्य मन्त्रालयले धेरै राम्रो काम गरेको छ । उदारणका लागि चीनमा ९१ हजार १७० कोरोना संक्रमित हुँदा चार हजार ७४६ जना कोरोनाबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमित संख्या ९० हजार ८१४ जना हुँदा मृत्यु त ५६३ मात्र छ नि । यदि स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणमा राम्रो काम नगरेको भए मृत्युको अवस्था अहिले के हुन्थ्यो ? 

कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुग्न लामो समय लाग्यो । त्यो समयमा आईसीयू, भेन्टिलेटर र बेडहरु थपिएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिन सकियो ।  चैततिर बिरामीलाई स्वास्थ्यकर्मीहरुले छुनै मान्दैन थिए । अहिले राम्रोसँग सेवा दिइरहेका छन् । मृत्युदर हाम्रोमा कम छ ।  सबै अस्पतालमा आईसीयू बेड थप्नका लागि बजेट पठाइएको छ । हरेक पालिकामा पाँच–पाँच शैय्याको अस्पताल बनाउँदैछ । कति पालिकामा अस्पताल सुरु भइसकेका छन् । कोरोना संक्रमितको उपचार निःशुल्क गरिरहेको छ ।

देशैभर कोरोना परीक्षण गर्न ५६ स्थानमा पीसीआर भइरहेको छ । अहिले हामी २० देखि २२ हजार कोरोना परीक्षण गर्न सक्ने क्षमता छ । अहिले दैनिक १२ देखि १३ हजार कोरोना परीक्षण गरिरहेका छौं । 

हामीसँग कोरोना परीक्षण गर्ने क्षमता २० देखि २२ हजार छ भन्नुहुन्छ, किन गरेका छैनौं त ?

नेपाल जस्तो गरिब देशले निःशुल्क परीक्षण गरिरहेको छ । संसारको कुन देशले यसरी हाम्रोजस्तो निःशुल्कमा उपचार गर्छ ? यसरी बिरामीलाई फ्रिमा परीक्षण र उपचार गर्ने कुनै देश छ ? नेपालजस्तो गरिब देशले यसरी निःशुल्क परीक्षण र उपचार गरेको छ ।  एउटा बिरामीलाई आईसीयूमा राख्नुप¥यो भने सरकारले त्यो अस्पताललाई चार लाख ५० हजार दिन्छ । 

सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण बढ्यो भन्नुहुन्छ तर अहिले सिंहदरबार र बालुवाटारमा पनि कोरोना संक्रमण देखियो त्यहाँ नि के जनस्वास्थ्यको मापदण्ड पालना भएन त ?

बालुवाटार र सिंहदरबारमा पनि त मान्छे हुन्छन् नि ! मानिसले आफ्नो बानी त परिवर्तन नगर्दा संक्रमण देखियो  । भाइरसले बालुवाटार र सिंहदरबारमा बस्ने त भन्दैन । कोरोनाबाट बच्ने उपाय त सबैले पालना गनैपर्छ । 

बालुवाटार कोरोनाको केन्द्र कसरी बनेको रहेछ ? सरकारले केही अनुसन्धान गर्‍यो ?

बालुवाटारमा कोरोना संक्रमण देखिनुका तीन कारण हुन सक्छन् । पहिलो नम्बरमा उपचार गर्न आउने चिकित्सक हुन सक्छन् ।  अस्पतालमा संक्रमण भएको हुन सक्छ ।  दोस्रो नम्बरमा बालुवाटार जाने पार्टीका कार्यकर्ता ।  तेस्रो नम्बरमा सेक्युरिटी गार्डबाट हुन सक्छ । थप सबैको कोरोना परीक्षणको रिपोर्ट आएपछि थाहा हुन्छ । 

कोरोनाका बिरामीले उपत्यकामा तोकिएका अस्पतालहरुका आईसीयू भरिएका छन्, सरकारको अबको योजना के छ ?

यसरी नै कोरोना संक्रमण बढ्दै गएमा बेड नपाउने अवस्था आउँछ । त्यसका कारण बच्ने उपायमै हामीले ध्यान दिनुपर्छ । 

अहिले लक्षणसहितका संक्रमित बेड नपाएर घरमै बस्न बाध्य छन् नि त ?

हामीले यस्तो अवस्था आउँछ भनेर पहिल्यै भनेका थियौं । जबसम्म जनस्वास्थ्यको मापदण्डको पालना गरिँदैन । यो रोग नियन्त्रणमा आउँदैन । धेरैलाई कोरोना उपचार गरे निको होला । आईसीयू र भेन्टिलेटर यसको उपचार हो, भन्छन् । तर यो गलत हो ।

यसको कुनै पनि उपचार छैन । बिरामीलाई लक्षणका आधारमा जस्तैः श्वासप्रश्वासमा समस्या देखिएमा अक्सिजन दिने, खाना नसकेमा स्लाइन दिने वा नाकबाट पाइप लगाएर दिने, ज्वरो आएमा पारासिटामोल दिने भनेको सपोर्ट मात्र हो । तर उपचार होइन । बिरामीको शरीरमा रहेका रोगका विरोधमा लड्ने शक्तिले जितेमा मात्र निको हुने हो । 

यसको उपचार छैन । त्यसकारण जबसम्म औषधि वा खोप बन्दैन तबसम्म रोकथामका उपायहरुमै जोड दिनुपर्छ । 

दसैं तिहार आउँदैछ, सबैजना गाउँ फर्किँदैछन् । अहिले काठमाडौं असुरक्षित त्यसपछि गाउँ असुरक्षित हुने देखियो नि, सरकारको योजना के छ ?

यो रोगले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी असर गर्छ । काठमाडौंबाट जानेले गाउँ असुरक्षित बनाउने भए । काठमाडौंमा फैलिएको कोरोनाभाइरस गाउँघरमा बसेका ज्येष्ठ नागरिकलाई सार्ने भए । म त ’हामी जहाँ छौं, त्यही बसेर चाडपर्व मनाउन अनुरोध गर्छु । चाडपर्व अर्को वर्ष पनि आउँछ नि  ।

सरकारको काम भनेको जनतालाई कोरोनाको बारेमा जानकारी दिने सुसूचित गर्ने हो । सरकारले सबैलाई लठ्ठी लगाएर प्रजातान्त्रिक देशमा सम्भव छैन । सरकारको काम भनेको जनतालाई जानकारी दिने र सम्झाउने हो । यदि बिरामी भइहालेमा उपचार गरिदिने काम हो, सरकारको । सरकारले हरेक व्यक्तिको नाक र मुखमा मास्क लगाउन त सक्दैन नि !

कोरोनाका बिरामी २५ हजार पुग्नासाथ लकडाउन गर्ने भन्नुभएको थियो, अब कहिलेदेखि लकडाउन हुन्छ ?

लकडाउन हुन सक्छ । संक्रमण कुन दरमा फैलिन्छ । त्यसले पनि केही निधारर्ण गर्छ । बिरामीले बेड नपाउने, लक्षणसहितका अझ आईसीयू र भेन्टिलेटर चाहिने बिरामी बढेमा मात्र लकडाउन गर्ने अवस्था आउला ।  अन्य अक्सिजन चाहिने बिरामीलाई समस्या आउँदैन । घरमा बस्ने सुविधा नभएकालाई आइसोलेसनमा राख्न सकिन्छ । आइसोलेसनको क्षमता बढाउन सकिन्छ । जुन अहिले कोरोना अस्पताल तोकेर नै संक्रमितको उपचार भइरहेको छ । थप कुनै अस्पताल तोकेर राख्न सकिन्छ ।

लकडाउन हुँदा स्वरुप कस्तो हुन्छ ?

लकडाउन देशभर हुँदैन । जुन स्थानमा बढी संक्रमित छन् । ती स्थानमा हुने हो  । 

नेपालमा चीन, रुस र बेलायतमा तेस्रो चरणमा पुगेका खोप ’क्लिनिकल ट्रायल’ गर्ने भनेका थियौं, तर त्यो पनि अहिले सम्म हुन सकेको छैन नि ?

खोपको क्लिनिक ट्रायल गर्दा थोरै जनसंख्यामा गरिने हो । त्यसकारण क्लिनिकल ट्रायल गर्नु र नगर्नुमा खासै फरक पर्दैन  ।

विश्व बजारमा आएको कति समयमा नेपालले खोप ल्याउँछ ?    

नेपालको २० प्रतिशत जनसंख्यालाई  गाभीको (कोभ्याक्स ) संस्थाले नेपाललाई दिन तयार छ । हामीलाई दिने भनेर पत्र समेत पठाएको छ । हामीले २० प्रतिशत जनसंख्या कुन–कुन समूहका लागि दिने भनेर हामीले छान्नुपर्छ ।  हाम्रो योजना विशेष गरेर ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, मिडियाकर्मीहरु (जो बढी धेरैलाई भेट्नुपर्छ) तिनीहरुलाई दिइनेछ ।

बाँकी ८० प्रतिशत सरकारले किन्ने हो । त्यसको लागि फन्डको व्यवस्था गर्दैछौं । जुन  खोप अन्तर्राष्ट्रिय रुपमा सुरक्षा र प्रभावकारी हुन्छ । त्यो खोप पनि नेपालले तुरुन्तै ल्याउँछ । 

कोरोनाबाहेका अन्य बिरामीले अस्पतालमा उपचार पनि पाउन सकेको अवस्था छैन, अस्पताल पुगेकाले पनि महँगोमा शुल्क तिर्नुपरेको छ  नि ?

सरकारी अस्पतालमा गएमा बढी पैसा तिर्नुपदैन । निजी अस्पताल किन जाने त ? सरकारी अस्पतालमा लामो समयसम्म पालो कुर्नुपर्छ भन्नु गलत हो । सरकारी अस्पतालमा पहिलाको तुलनामा अहिले कुल बिरामीको २० प्रतिशत मात्र आएका छन् । 

अझै पनि लक्षणसहितका व्यक्तिले समेत पीसीआर पाउन नै गाह्रो छ नि ?

दैनिक ११ हजार देखि १२ हजारको कोरोनाको पीसीआर परीक्षण भइरहेको छ । कसरी गाह्रो छ ? अहिले १० लाखको कोरोना परीक्षण भएको छ । जसमा डेढ लाखले पैसा तिरेर गरे होला । अन्य सबै त निःशुल्क नै परीक्षण भएको छ नि ?

काठमाडौं बचाउन सरकार के गर्दैछ ? 

यदि मानिसहरुले अझै लापरबाही गरेमा कोरोना संक्रमण अझ उपत्यकामा बढ्छ ।  संक्रमण बढ्न भर्खर सुरु हुँदैछ । काठमाडौंको जनसंख्या ५० लाख छ । संक्रमित ३२ हजार ८७ जना पुगेका छन् ।  मास्क नलगाउने दूरी कायम नगर्ने तर सरकारले गरेन भन्ने ? सबैले मैले मेरो परिवार जोगाउन बच्ने उपाय अपनाए कि अपनाइएन भन्ने कुरामा ध्यान दिए संक्रमण हुनबाट जोगाउन सकिन्छ । 

सरकारले कोरोनाबाट बच्ने उपायकाबारेमा पटक–पटक जानकारी दिने कार्य गरिरहेको छ । 

अहिले हामीसँग कति आईसीयू र भेन्टिलेटर छन् त ?

आईसीयू बेड पहिला एक हजार ५५१ थियो भने थपेर अहिले दुई हजार ६०० छन् । भेन्टिलेटरको संख्या पहिला ७७० थियो भने अहिले ९०० रहेको छ । १२० भेन्टिलेटर पाइपलाइनमा छ । यसरी नै कोरोना संक्रमितको संख्या बढेमा हाम्रो आईसीयू र भेन्टिलेटरले भ्याउदैन । 

कोरोनाबाट बच्न के गर्ने त ?

कोरोना महामारीमा सबैजना मिलेर लड्नुपर्छ । कोरोनालाई अझै पनि मानिसहरुले ख्याल–ख्याल गरिरहेका छन् । कोरोना युरोपियन देशहरुमा पुनः दोस्रो लहर चलेको छ ।  एक सय वर्षपछि यस्तो गाह्रो परेको थिएन । जुन अहिले परेको छ । यस रोगको खोप आइदिए हुन्थ्यो । खोप नबनेसम्म मास्क, भौतिक दूरी, हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने र भिडभाडमा नजाने नै यसको बच्ने प्रमुख उपाय हो ।

पीसीआर परीक्षण लागि ३ देखि ४ दिनसम्म रातभरभरिमा लाइन बस्नुपर्ने थियो, त्यसरी गरिएको पीसीआर परीक्षणको के अर्थ हुन्छ त ?

जुन टेकु अस्पतालमा परीक्षणको भिड थियो । त्यहाँ रक्सौल र भारतबाट आएर जसरी परीक्षण गरे । काठमाडौं आएको भोलिपल्ट परीक्षण गरेका थिए । जसले गर्दा कोरोना नेगेटिभ आयो भनेर ढुक्क भए । तर ५ देखि ७ दिनमा कोरोना पोजेटिभ देखिन्छ, अरुलाई सर्छ यो कुराको ख्याल गरिएन ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC