site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्विटरले लुकाएको ट्रम्पको गलत पोस्ट फेसबुकले पनि डिलिट गर्‍यो 
Ghorahi CementGhorahi Cement

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ सम्बन्धी लेखेको पोस्टलाई ट्विटरले लुकाइदिएको छ भने फेसबुकले पनि डिलिट गरिदिएको छ । सो पोस्टमा उनले कोरोना भाइरस फ्लुभन्दा धेरै कम हानिकारक हुने दाबी गरेका थिए । जुन गलत थियो ।  

कोरोना पोजेटिभ देखिएपछि ट्रम्पले उपचारका क्रममा तीन दिन अस्पतालमा बिताए । र सोमबार नै विवादास्पद रुपमा ह्वाइटहाउस फर्कने निर्णय गरेका थिए । यसबीच उनले आफ्नो पोस्टमा यस्तो लेखेका हुन्, “अमेरिकाले यसअघि नै फ्लु सिजनमा फ्लुसँगै बाँच्न सिकिसकेको छ । र त्यसैगरी हामी अहिले कोभिडसँग पनि बाँच्न सिक्दैछौँ जुन प्रायः जनसङ्ख्यामा एकदम कम हानिकारक छ ।”

Agni Group

उनको यही पोस्ट ट्विटरले सम्भावित जोखिमपूर्ण अनि गलत जानकारी फैलाउन खोजिएको भन्ने चेतावनी सहित लुकाइदिएको छ । प्रयोगकर्ताहरुले सो पोस्ट पढ्नका लागि त्यो चेतावनीपूर्ण म्यासेजमा क्लिक गर्नुपर्ने हुन्छ । 

यता फेसबुकका पोलिसी म्यानेजर एन्डी स्टोनले पनि आफूहरुले कोभिडको गम्भीरता सम्बन्धी गलत सूचना प्रवाह गर्ने किसिमका पोस्टहरु सधैँ हटाउने गरेकाले ट्रम्पको उक्त पोस्ट पनि डिलिट गरिसकेको बताएका छन् । 

Global Ime bank

जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोभिड–१९ को मृत्यदर सटिक सङ्ख्यामा थाहा भइसकेको छैन तर यो फ्लुभन्दा १० प्रतिशत वा अझ बढी गुणाले हानिकारक छ । यसरी फेसबुकले राष्ट्रपति ट्रम्पको पोस्ट डिलिट गर्नुपरेको यो दोस्रोपटक हो । ट्विटरले भने उनलाई बारम्बार यस किसिमको चेतावनी दिने गरेको छ । धेरैचोटी पोस्ट डिलिट पनि गरिसकेको छ । दुवै सामाजिक संजाल प्लेटफर्मले भाइरस सम्बन्धी गलत सूचना प्रवाहलाई कदापी नसहने यसअघि नै प्रतिज्ञा गरिसकेका छन् । 

तर अर्कोतर्फ बारम्बार सचेत गराइरहँदा समेत ट्रम्पले उल्टै यी कम्पनीहरुको नीतिलाई नै गलत ठहर्याउने गरेका छन् । गत मे मा पहिलोपटक ट्विटरले उनको पोस्टमाथि चेतावनीपूर्ण संकेत राखिदिएपछि ट्रम्पले धारा २३० सम्बन्धी आदेशमा हस्ताक्षर गरेका थिए । यो नियम अन्र्तगत सामाजिक संजालले आफ्ना प्रयोगकर्ताहरु द्वारा पोस्ट गरिएका सामग्रीको जिम्मेवारी लिँदैन भनिएको छ । तर, हिंसात्मक अनि अपमानजनक कन्टेट चाहिँ ब्लक गर्न पाउँछ । यस्तोमा ट्रम्पले कोभिड सम्बन्धी उनका पोस्ट फेरि पनि डिलिट गरिएकामा ‘रिपिल सेक्सन २३०” भनेर प्रतिक्रिया दिएका हुन् । 

ट्विटर र फेसबुक दुवै कम्पनी लामो समयदेखि नै ट्रम्पका आपत्तिजनक पोस्टहरुबारे गम्भीर कदम उठाउन दबाबमा रहँदै आएका छन् । ट्रम्पले यसअघि कोभिडबारे लेखेको ‘यससँग डराउनु हुँदैन’ भन्ने पोस्टले पनि यतिबेला विभिन्न किसिमका आधारविहिन अफवाह फैल्याउन सुरु गराइसकेको बताइएको छ ।     

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC