site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतले बनायो प्रेग्नेन्सी किट जस्तै कोभिड टेस्ट, सस्तो र एकदम छिटो नतिजा देखाउने
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतमा वैज्ञानिकहरुको एउटा टोलीले एकदमै सस्तो पर्ने कागजमा आधारित कोभिड परीक्षण उपकरण निर्माण गरेका छन्, जसले प्रग्नेन्सी टेस्ट जत्तिकै छिटो र सजिलै नतिजा देखाउन सक्ने बताइएको छ । सो परीक्षण किटलाई अहिले भारतका एक काल्पनिक जासुस पात्र, फेलुदाको नाम दिइएको छ । यो वास्तवमा, ‘क्रिस्पर’ नामक जिन संसोधन प्रणालीमा आधारित छ । यसले एक घण्टाभन्दा कम समयमै कोभिड पोजेटिभ या नेगेटिभ भएको नतिजा देखाउन सक्छ । यसको मूल्य भारतीय रु ५०० मात्र पर्छ ।  

फेलुदालाई भारतका अग्रणी व्यवसायी टाटा कम्पनीले उत्पादन गर्नेछ, जुन बजारमा उपलब्ध विश्वकै पहिलो कागजमा आधारित कोभिड टेस्ट उपकरण हुने बताइएको छ । भारत सरकारका वैज्ञानिक सल्लाहकार, प्रोफेसर के विजय राघवन भन्छन्, “यो वास्तमै एकदम साधारण, सटिक, विश्वसनीय र सस्तो परीक्षण हो ।” निजी ल्याबसँगको सहकार्यमा दिल्लीमा आधारित ‘सिएसआइआर इन्सटिटउट अफ जेनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआइबी)’ का अध्ययनकर्ताहरुले निर्माण गरेको फेलुदाको स्याम्पल २ हजार बिरामीमा परीक्षण गरिएको छ जसमा कतिपय पहिले नै कोरोना पोजेटिभ थिए । जसपछि उनीहरुले यो नयाँ परीक्षणमा ९६ प्रतिशत ‘सेन्सटीभीटी’ अनि ९८ प्रतिशत ‘स्पेसिफिसीटी’ रहेको पत्ता लगाएका हुन् । यिनै दुई गुणका आधारमा सो किटले विश्वसनीय र सहि नतिजा देखाउने गरेको बताइएको छ । यो किट अत्यन्तै सेन्सेटिभ भएकाले कोभिड संक्रमित हुने जस्तोसुकै व्यक्तिलाई पनि पहिचान गर्न सक्ने र उच्च स्पेसिफिसीटीले चाहिँ उचित नियम अनुरुप रोग नहुनेहरु पत्ता लगाउन सक्ने बताइएको छ । भारतका औषधि निर्माणकर्ताहरुले यसलाई व्यवसायिक प्रयोगका लागि उत्तम भएको सुनिश्चित गरिसकेका छन् । 

६० लाखभन्दा बढी संक्रमित रहेको भारत विश्वकै दोस्रो सबैभन्दा बढी बिरामी भएको देशमा पर्छ, जहाँ हालसम्म १ लाख बढीले ज्यान गुमाएका छन् । भारतले देशभरका १२ हजार ल्याबमा एकै दिनमा दश लाख भन्दा बढी स्याम्पलहरुको जाँच गरिरहेको छ । यसले दुई किसिमका टेस्ट प्रयोग गर्दै आएको थियो । पहिलो टेस्ट ‘पीसीआर स्वाब टेस्ट’ र दोस्रो  ‘एन्टिजेन टेस्ट’ । पीसीआर टेस्ट सामान्य रुपमा विश्वसनीय मानिन्छ । जसका लागि २४०० भारुसम्म पर्दछ । एन्टिजेन टेस्ट भने केही सस्तो रहेको छ र विशेषगरी पोजेटिभ संक्रमण सटिकतापूर्वक पत्ता लगाउन सक्छ । तर यसबाट पीसीआरभन्दा बढी गलत नेगेटिभ देखिने गरेको पाइन्छ । त्यसैले क्रिस्परमा आधारित टेस्टिङ तेस्रो लहरको परीक्षण सामग्री हो जसले धेरै समय खर्च गराउने अनि अधिक श्रम आवश्यक पर्ने पीसीआर अनि एन्टिजेन टेस्ट बाट छुटकारा दिलाउन सक्ने ‘हाभर्ड ग्लोबल हेल्थ इन्सटिटिउट’ का डाक्टर थोमस साइ बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

ग्लोबल हेल्थ एण्ड हेल्थ पोलिसी’ का डाक्टर अनन्त भनका अनुसार परीक्षणको गति बढाइए पनि भारतमा अझै टेस्टिङ उपकरणको उपलब्धदा सहज भइसकेको छैन । बीबीसीसँग बोल्दै उनले भनेका छन्, “अहिलेसम्म पनि हामीले नतिजाका लागि लामो समय पर्खिनुपपर्छ र कति ठाउँमा त पर्याप्त किट उपलब्ध छैनन् र सस्तो भएकाले हामीले एन्टिजेन टेस्टको बढी प्रयोग गर्नु परिरहेको छ जसले गलत नेगेटिभ देखाएर समस्या भइरहेको छ ।” त्यसैले फेलुदा तुलनात्मक रुपमा अझ सस्तो र सटिक भएकाले यसले एन्टिजेन टेस्टलाई प्रतिस्थापन गर्ने विश्वास रहेको उनले बताए । 

अर्का डाक्टर अनुराग अग्रवाल भन्छन्, “यो नयाँ परीक्षण किट पीसीआर टेस्ट जत्तिकै विश्वसनीय छ । छिटो पनि छ भने सानो ल्याबमा पनि काम गर्न सकिन्छ जसका लागि जटिल मेसिनहरु चाहिँदैन ।”

Global Ime bank

फेलुदाका लागि स्याम्पल संकलन गर्ने तरिका भने पीसीआर टेस्ट जस्तै हुनेछ जसमा नाकको केही इन्च गहिराइसम्म पुगेर स्वाब निकालिन्छ र कोरोना छ कि छैन भन्ने पत्ता लगाइन्छ । भारतले अझै मुखको सलिभाबाट कोभिड–१९ परीक्षण गर्न भने अनुमति दिएको छैन । 

परम्परागत रुपमा पीसीआर टेस्टका लागि स्याम्पललाई ल्याबमा लगेपछि भाइरस पत्ता नलागेसम्म त्यसमाथि विभिन्न चरणका जाँच गर्नुपर्ने हुन्छ । तर, यो नयाँ किट फेलुदाले क्रिस्पर भन्ने प्रविधि प्रयोग गर्दछ जसले सटिक रुपमा भाइरसको पहिचान गर्न सक्छ, त्यो पनि एकदम छोटो समयमा र नतिजा पनि पेपर मार्फत जोसुकैल पढ्ने सक्नेगरी दिने गरेको छ । यसमा नीलो धर्काहरुको अर्थ हो कोरोना पोजेटिभ तर त्यही नीलो धर्का एउटा मात्र देखियो भने चाहिँ नेगेटिभ भन्ने जनाउँछ । 

यस सम्बन्धी हाभर्ड मेडिकल स्कुलका अनुसन्धानकर्ता डाक्टर स्टेफेन किस्लरले भनेका छन्, “कोभिड महामारीको सन्दर्भमा परीक्षण अझै पनि सिमित तर अतिआवश्यक कुरो मानिन्छ जसकारण नै यसको उपलब्धतामा सुधार ल्याउन हामीले सम्भव भएसम्मका प्रयास गर्न जरुरी छ । यसैले पनि फेलुदा वास्तवमै यसतर्फ ठूलो र अधिक महत्वपूर्ण उपलब्धी हुनेछ । ”

यतिखेर बेलायत र अमेरिकामा पनि विभिन्न कम्पनीहरुले फेलुदा जस्तै कागजमा आधारित टेस्ट किट निर्माण गरिरहेका छन् । जुन प्रयोग गर्नमा सस्तो र एकैपटक धेरै उत्पादन गर्न पनि सजिलो हुन्छ । यसअघि ‘सेर्लक बायोसाइन्स’ ले निर्माण गरेको पेपरमा आधारित टेस्ट किटलाई अमेरिकाको एफडीएले आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।

यसरी विज्ञहरुले धेरै अगाडि नै कागजमा आधारित सजिलो टेस्ट किट उपयुक्त हुने बताउँदै आएका छन्, जुन हामीले घरैमा बसेर आफैँ गर्न सक्नेछौँ । साथै अत्यधीक जनसङ्ख्या भएका कारण भारतसँग यो टेस्ट किटको उपयोगीता देखाउने अवसर पनि रहेको बताइएको छ । छिटो र सस्तो टेस्टिङ किटको अहिले त्यहाँ सबैभन्दा बढी आवश्यकता महसुस भएको छ । यसरी उनीहरुको यो प्रयास पूरै विश्वका लागि फाइदाकारक साबित हुन सक्ने बताइएको छ । अवस्य पनि भाइरसलाई परास्त गर्न खोप सबैभन्दा महत्वपूर्ण कुरा हुनेछ । तर, त्यसअघि टेस्टिङलाई पनि दाँत माझे जत्तिकै सामान्यीकरण गर्न जरुरी भएको डाक्टर किस्लरले बताएका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC