site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. केसीसँग तत्काल वार्ता थाल्न नेकपा सचिवालय सदस्यहरुको आग्रह, प्रधानमन्त्री भन्छन्– सचिव पठाएको छु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्यहरुले सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले तत्काल वार्ताको पहल गर्न आग्रह गरेका थिए ।

“सरकारले डा. केसीसँग तत्काल वार्ता गरेर समस्याको समाधान गरोस् भनेर हामीले भन्यौं,” नेता खनालले बाह्रखरीसँग भने, “सरकारले नै रेस्पोन्स लिनुपर्छ । तत्काल वार्ता गरेर समस्याको समाधान सरकारले नै निकाल्नुपर्छ ।” नेता श्रेष्ठले पनि तत्काल वार्ताको पहल थाल्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारले वार्ताको प्रयास जारी राखेको भन्दै कतिपय मागहरु पूरा भइसकेको बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सचिवलाई पठाएको छु,” प्रधानमन्त्रीको जवाफ उद्धृत गर्दै एक नेताले भने, “केही मागहरु पूरा भइसकेका छन् । अहिले अनसन अन्त्य गर्नुपर्यो भनेका छौं, त्यसपछि पनि मागहरु पूरा गर्न सकिन्छ ।” बैठकपछि प्रवक्तासमेत रहेका नेता श्रेष्ठले डा. केसीका कतिपय विषयहरु कार्यान्वयनको प्रक्रियामा रहेकाले अहिले अनसन बस्नु उपयुक्त समय नभएको बताएका थिए ।

उनले सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरिएको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC